२२ मंसिर २०८२, सोमबार | December 8, 2025

डा.भगवान कोइरालाले जिते ‘छैठौं उज्ज्वलतारा दौड’ को पुरस्कार



काठमाण्डौ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवानकोइरालाले शनिबार काँडाघारीमा सम्पन्न ‘छैठौं उज्ज्वलतारा दशैं रन फर गुड हेल्थ’ दौडको पुरस्कार जितेका छन् । उज्ज्वलतारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर दुरीको सो दौडको उद्घाटनका विशिष्ट अतिथि र दौडका प्रतिष्पर्धि समेत रहेका डा.कोइराला ५५ वर्ष उमेर माथि समूहको पुरुषतर्फको विधामा पुरस्कार जितेका हुन् । उनले आफ्नाउमेर समूहका २७ प्रतिष्पर्धिलाई उछिनेर तेस्रो भई पदक, ट्रफि र प्रमाणपत्र पाए ।

विजेता डा.कोइरालालाई गल्फ खेलका गुरु घनश्याम थापा, दौड कार्यक्रम संयोजक नेपाली सेनाका महासेनानी विष्णु कार्कीले पुरस्कार वितरण गरेका थिए भने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीले फूलको विरुवा सहितको गमला उपहार प्रदान गरेकी थिइन् ।

आफैं वरिष्ठ मुटुरोग विशेषज्ञ रहेका डा.कोइरालाले ह्याम्स अस्पतालले प्रदान गरेको ८ हजार रुपैयाँ बराबरको मुटुरोग परिक्षण प्याकेज पनि पुरस्कार पाए । सो विधामा पुरुषतर्फ ज्ञानकृष्ण श्रेष्ठ पहिलो र रुद्र नगरकोटी दोस्रो भएका थिए ।

सहभागिता शुल्क वापत संकलित सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक वाल मुटुरोग अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम संयोजक कार्कीले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ०२ बजे

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द