२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि



अर्घाखाँची । अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टिनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताउनुभयो ।

सरुमारानीका सङ्क्रमितलाई बेलझुण्डी लैजाने तयारी

प्यूठानको सरुमारानी गाउँपालिका–२ मा हिजो भेटिएका १९ वर्षीय कोरोना सङ्क्रमित पुरुषलाई आज कोरोना विशेष अस्पताल दाङ बेलझुण्डी लैजाने तयारी गरिएको छ ।

खड्केश्वरी प्राथमिक विद्यालयको क्वारेन्टिनमा बसेका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पालिकामा आइसोलेशन नभएका कारण उनिहरुलाई उपचारका लागि बेलझुण्डी लैजान लागिएको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताउनुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १ : १७ बजे

नवपुस्ताका मतदाता भन्छन् – ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’

काठमाडौं । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह

दिउँसो २ बजेसम्म ६२ लाखभन्दा बढी मतदान, करिब ३३ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब

केपी ओलीले स्मरण गरे आफ्नो जीवनमा फागुन २१ को संयोग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

रुपन्देहीमा दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान

लुम्बिनी । रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत

दिउँसो १ बजेसम्म २४.७८ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतदानमा दिउँसो १ बजेसम्म