१२ माघ २०८२, सोमबार | January 26, 2026

निर्वाचनका लागि १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ



काठमाडौं । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ जिल्लाको ९६ लाख ७४ मतपत्र छपाइ सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ ३३ जिल्लाको ९० लाख ७६ हजार ५०० मतपत्र छपाइ सकिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि कूल १ करोड ८७ लाख ५० हजार मतपत्र छपाइ भइसकेको छ ।

समानुपातिकतर्फ ९ जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी छ । बाँकी रहेका जिल्लाहरू मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा छन् ।

प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनका लागि १ करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी सम्पन्न भइसकेको छ ।
प्रदेशसभातर्फ १ करोड ९३ लाख १३ हजार ढुवानी मतपत्र ढुवानी सम्पन्न भइसकेको छ ।

प्रतिनिधिसभातर्फ ५ लाख ५८ हजार मतपत्र र प्रदेशसभातर्फ ५ लाख ६७ हजार मतपत्र ढुवानी हुन बाँकी छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ८ : २० बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको