४ पुस २०८२, शुक्रबार | December 19, 2025

विश्व मधुमेह दिवसमा बुटवलमा साइक्लोथन र वाकाथन हुँदै



बुटवल । बिश्व मधुमेह दिवसको अवसरमा बुटवलमा बिबिध कार्यक्रम गरि मधुमेह दिवस मनाइने भएको छ । केन डाइबेटिज एण्ड थाइराइड सेण्टरको संयोजन र बुटवलमा क्रियाशिल बिभिन्न संस्थाहरुको सहयोगमा सोमबार बुटवलमा कार्यक्रम सहित मधुमेह दिवस मनाउन थालिएको हो ।

दिवसकै अवसरमा सोमबार बिहान ६ बजे बुटवलको कालिकापथ स्थित उमानन्द मार्टबाट साइक्लोथनको प्रारम्भ हुनेछ भने ७ बजे केन सेण्टर शंकरनगरबाट वाकाथन शुरु हुने छ । युनाईटेड साइकल क्लवको संयोजनमा कालिकापथबाट साइक्लोथनको प्रारम्भ हुने मुख्य आयोजक क्यान सेण्टरका अध्यक्ष दिनेश कक्षपतिले बताए । उनले सोही समयमा लायन्स क्लव शंकरनगरको संयोजनमा केन सेण्टर शंकरनगरबाट पनि वाकाथन शुरु हुने जानकारी दिए ।

कक्षपतिका अनुसार साइक्लोथनले कालिकापथबाट गोलपार्क, ट्राफिकचौक, हिलपार्क, राजमार्ग चौराहा हुँदै होटल पौवामा केहीबेर विश्राम गरेर मणिग्राम हुँदै केन पुग्ने छ भने वाकाथनमा सहभागीहरुले क्यान शंकरनगरबाट ड्राइभर टोल , जानकीनगर, योगीकुटीबाट पुनः जानकीनगर हूँदै केनमा पुगेर समापन हुने छ ।

सन् २००६ देखि नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रुपमा संयुक्त राष्ट्रसंघले आधिकारिकता दिन थालेको हो ।

मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन १४ नोभेम्बरमा परेको दिनलाई नै मधुमेह दिवसकारुपमा मनाउन थालिएको हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रुपमा मधुमेह वा डायबेटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।

जीवनशैली र वंशानुगत कारणले वर्षेनी विश्वभर लाखौँ मानिसहरु मधुमेहको शिकार बनिरहेका छन् ।

अहिले मधुमेह वा डायबेटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरुबाट प्रताडित हुनु नपर्ने अध्यक्ष कक्षपतिले बताए।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको