१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सेल्फीडाँडा बिर्साउने मालबासेको बीस घुम्ती सडक



भोजपुर । राजनीतिक र बौद्धिक क्षेत्रमा सशक्त रहेर पनि भौतिक पूर्वाधारमा पछि परेको भोजपुरलाई केही वर्ष अघिसम्म विकासमा पछि परेको कर्णाली क्षेत्रसँग तुलना गरिन्थ्यो । त्यही भोजपुर अहिले सडक पूर्वाधारको एउटा सूचकमा पहिलो स्थानमा पुगेको छ । सडक पूर्वाधारले देशका अन्य भागसँग भोजपुर नजोडिएको बेला भोजपुरकै व्यवसायी श्याम श्रेष्ठले २०६५ सालमा भरियालाई बोकाएर ट्याक्टर र नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ म्याक्स ट्याक्सी पुर्याएका थिए ।

तत्कालीन ग्रामीण सडक परियोजनाअन्तर्गत सर्वप्रथम भोजपुर-च्यानडाँडा सडक खनिएको थियो । त्यसपछि मात्र लेगुवा-भोजपुर सडकको ट्र्याक खोलिए पनि अरुण नदीमा पुल नहुँदा २०५६ देखि खन्न थालिएको सडक पूरा भएको थिएन । त्यसयता भोजपुरको सडक पूर्वाधार सञ्जाल गाउँगाउँमा विस्तार भइसकेको छ । हाल भोजपुर नगरपालिका-१२ टक्सार, मालबासेमा बनेको सडक देशकै सबैभन्दा बढी घुम्ती भएको सडकमा परेको छ ।

सडक विभागका महानिर्देशक अर्जुन थापाका अनुसार हालसम्म कुनै सडकको एकै स्थानमा रहेका धेरै घुम्तीमा बनेपा-सिन्धुली-बर्दिबासको सिन्धुलीभन्दा माथिको सेल्फीडाँडामा १३ घुम्ती रहेका थिए । अहिले भोजपुर बजारबाट पिखुवापारिका गाउँ जोड्ने सडकखण्डका घुम्तीले त्यसलाई जितेको छ । उक्त सडकमा एकै ठाउँ २० घुम्ती रहेका छन् । महानिर्देशक थापाका अनुसार त्रिभुवन राजपथको मकवानपुरको भैँसेदेखि माथि कालीटार क्षेत्रमा १२ घुम्ती छन् । त्यहाँ एउटा घुम्तीबाट अर्को घुम्ती छर्लङ्ग देखिन्छ । बीपी राजमार्गको सेल्फीडाँडा क्षेत्रमा लगातार १३ वटा घुम्ती छन् । उक्त स्थान यात्रुका लागि फोटो खिचाउन प्रख्यात छ ।

बीस घुम्ती सडकले त्यत्रो चर्चा नपाए पनि स्थानीयको जनजीवन ज्यादै सहज बनाइदिएको छ । बिहान भाले बास्दै गर्दा टक्सारको टकटक आवाजसँगै पिखुवाखोलाबाट मालबासेको उकालो लाग्ने भोजपुरका दक्षिणी क्षेत्रका बासिन्दा अहिले गाडीमा हुइँकिन्छन् । जिल्लाका मानेभञ्ज्याङ, बैकुण्ठे तथा रामप्रसाद राई, हतुवागढी, आमचोक गाउँपालिकाका स्थानीय २०७० सालभन्दा अघिसम्म पिखुवाको उकालो पसिना काढ्दै हिँड्न बाध्य थिए । यो खबर यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादव र गोकुल भुजेलले लेखेका छन ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : १५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले