२० माघ २०८२, मंगलबार | February 3, 2026

कर्णालीको बजेट ३३ अर्ब ७४ करोडको, कोरोना नियन्त्रण र रोजगारी मुख्य प्राथमिकता



सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२औँ बैठकमा आगामी वर्षका लागि राजश्व र व्ययका वार्षिक अनुमानसहितको उक्त बजेट सोमबार प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेट अनुसार प्रदेश सरकारको आगामी आव २०७७/७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरिएको छ ।

सोअनुसार पूँजीगततर्फ १९ अर्ब छ करोड ९१ लाख २१ हजार ९५७५०, चालूतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार ९३४५० र वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब, ९९ करोड ६५ लाख ९९५० बजेट विनियोजन गरिएको छ ।

चालू खर्चअन्तर्गत कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि ८७ करोड ४१ लाख, रोजगारीका लागि दुई अर्ब ५८ करोड २६ लाख र अन्य कार्य तथा प्रशासनिक खर्च आठ अर्ब ५१ करोड ९० लाख ३२ हजार रुपैयाँ रहेको छ ।

अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ३० करोड छ लाख ५३ हजार, चालु आवको खर्च नभई बचत हुने रकम ११ अर्ब १९ करोड नौ लाख ८५ हजार, सङ्घीय सरकारबाट राजश्व बाँडफाँडवापत प्राप्त हुन आएको सात अर्ब ३९ करोड ५६ लाख, वित्तीय समानीकरणबाट प्राप्त भएको नौ अर्ब ६३ करोड २९ लाख र सशर्त अनुदानबाट रु चार अर्ब ४९ करोड ११ लाख परिचालन गरिनेछ

नेपाल सरकारको समपुरक अनुदानवापत् २५ करोड २५ लाख, विशेष अनुदानवापत् ४६ करोड प्राप्त हुने अनुमान गरिएको छ । वैदेशिक अनुदान सहायताबाट सञ्चालित हुने कार्यक्रममा एक करोड ७६ लाख १५ हजार स्रोत परिचालन हुने जनाइएको छ ।

प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको –कोभिड १९ बाट उत्पन्न महामारी, त्यसले सिर्जना गर्ने सम्भावित भोकमरी र समाधानका लागि स्वास्थ्य, कृषि उत्पादन र रोजगारीलाई केन्द्रविन्दु बनाएर बजेट ल्याएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : २२ बजे

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक