१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

खुमन र प्रकाशले तताए ‘पौवा न्यु इयर इभ’



बुटवल । अंग्रेजी नयाँ वर्ष २०२३ को आगमनलाई स्वागत गर्दै होटल पौवाले आयोजना गरेको ‘न्यु इयर इभ’लाई लोक गायक खुमन अधिकारी र प्रकाश दुतराजले राम्रैगरि तताएका छन् । बुटवलको योगीकुटी स्थित पौवा परिषरमा नयाँ वर्ष मनाउन भेला भएका हजार बढी स्थानीयलाई खुमन र प्रकाशले लोकप्रीय गीत् गाएर तताएका हुन् ।

कार्यक्रमको प्रारम्भमा नै मञ्चमा उक्लेका लोक गायक खुमनले ट्रेक बिनानै दर्शकलाई गाउन लगाएर माहोल तताएका थिए । शिव पार्वती….बाट शुरु गरेका खुमनले रुमाल हल्लाइ…, यो मन रुन्न होला र… , सिन्की साँधेर…., सम्झनामा आइदेउ…, फोन उठाउ न सानु…. जस्ता दर्जन बढी गीत गाएका थिए ।

पछिल्लो समय युवामा लोकप्रियता कमाएका प्रकाश दुतराज मन्चमा उक्लेसँगै इभको रौनक नै महोत्सवमय बनेको थियो । कार्यक्रमस्थलमा पुगेका सयौं दर्सकहरु दुतराजको प्रस्तूतीमा नाच्न थालेपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई थाम्न हम्मे हम्मे परेको थियो ।

चोली मैलै भो.. बाट गाउन शुरु गरेका दुतराजले बैनी झ्यालैमा…., घर त कहाँ हो बैनीको…, चौतारीमा सितलु छाँयाँ.., तिम्लाई दिने माया…, सम्झ्यो कि त रेलीमाई छाती चरर…, उई रिसाउनी उई गल्ती गर्नी…., जस्ता दर्जन गित गाएर लगातार दर्शकलाई तताएका थिए ।

कार्यक्रममा चर्चित गायीका मिलन नेवारले पनि आफ्नो प्रस्तुती दिएकी थिइन् ।

दियो बालेर ‘न्यु इयर इभ’को शुभारम्भ गर्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले नयाँवर्षको शुभकामना दिए ।

नेपाली परम्परागत चाडपर्वलाई मध्यनजरमा राख्दै चाड विशेष सहित पौवाले अंग्रेजी नयाँ वर्ष पनि मनाउँदै आएको छ ।

मध्यराती १२ बजे लगत्तै नयाँ वर्षलाई स्वागत गर्दै होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले देश बिदेशमा रहेका सबै मानवजातीलाई सुख,शुस्वास्थ्य र समृद्दीको शुभकामना दिए । उनले पौवाले नेपाली मौलीक वर्षहरुमा विशेष कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राख्दै विश्वभरीबाट नेपाल आउने पर्यटकलाई नेपाली कला र संस्कृतिको प्रचार गर्ने गरेको बताए ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ९ : ०० बजे

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला