६ आश्विन २०८३, मंगलबार | September 22, 2026

थरको लेबल

हाइकु कथा



मेरो नाम पार्वती । जात छैन । लेबल छ,समाजले टाँसेर पठाएको–रेग्मी । नाम मेरो जन्मदिने अभिभावले जुराइदिएको,अमिट । महिला भएकोले थर–मिट । जवानी फक्रेपछि आजीवन साथदिन्छु भनेर परम्परालाई साक्षी राख्दै बाआमासंग मागी,बाजागाजा बजाई लगेको लालप्रसाद रेग्मीले ।

वश्वासको कुनै निश्चित बद्ध सीमा हुँदोरहेनछ,कसलाई कति गर्नु,कसलाई कति नगर्नु । जुनदिन मेरो बिहा भयो,त्यसदिनदेखि मेरो जात चिप्लिएर अर्यालबाट रेग्मी भयो ।

प्रकृतिले दिएको दुई लिङ्गीको सहवासको द्योतक,सन्तान– नयाँ पुस्ताको जन्म । प्रकृतिको स्वभाविक प्रक्रिया । समयको गति अगाडि बहिरह्यो । त्यो सँगै हामी पनि बह्यौँ । त्यो वगाईमा पहिलो सन्ततिको उत्पत्तिसम्म सुन्तला जस्तो गुलियो,हाम्रो माया प्रीतिको सम्बन्ध । दोस्रो सन्ततिको उदयको केही कालखण्ड पश्चात करेला जस्तो तितो । उसको प्रेम अर्कैतिर मोडिएको रहेछ ।

कथाकार

सम्बन्धमा क्रमिक तुषारापात सुरु हुन थाल्यो । तुसारोले धाँजा फाट्न थाल्यो,हाम्रो सम्बन्धको खेतमा । रात्रीकालीन बासले पनि विपरीत दिशा लिन थाल्यो । दिनको चर्या, एउटा डालामा राखेका भाँडाहरु झैँ बजिरहन थाले । तिक्तता छचल्किन थाल्यो । वैमनस्यको कालो बादल मडारिन थाल्यो । यनकेन प्रकारेण भाँडा बजाउदै दस वर्ष गुजारेँ । संयमता र सहनशीलताको पनि सीमा हुन्छ । उसले बाटो मोडेको संङकेत पाए तापनि मेरो छातीको आगो बाहिर प्रकट गरेकी थिइन,किनभने उसका दुइटा भ्रुणलाई मैले संसारमा जन्म दिएकी थिएँ ।

यद्यपी पहिले उसले देखाएको कलात्मक प्रेम अन्तै सरेपछि अधिकांश समय मप्रति विभिन्न लाञ्छना र घृणाहरु छाद्दै उसले सुरु गरेको डिभोर्स धम्की पराकाष्ठामा पुग्यो । मैले पनि स्विकारेँ । आफूले जन्म दिएका मायाका मुनाहरुलाई आफैले राख्न पाउने गरी छिनोफानो गरेँ । त्यसपछि हाम्रो आजीवन मित्रताको बद्धसुत्र दस वर्षमै छिन्यो,धुजा धुजा भएर कामै नलाग्ने गरी ।

अहिले मलाई ग्लानिले जलाइरहन्छ,उसंग नातामा जोडिँदा थपिएको थरको लेबलभन्दा अगाडि आफ्नो पैतृक थरलाई जीवित राख्न किन सकिन ? मान्छेको नामसँग थर उपनाम आवश्यकता हो भने म पहिले जस्तो एकल भएपछि पैतृक थर नै किन कायम हुन सकेन । अतः अब म त्यो मलाई प्रत्येक पलमा बिजाइरहने,घोचिरहने समाजले टाँसेको काँडे लेबल सागबारीमा उम्रेको झार जस्तै उखेलेर फाल्न चाहन्छु । चाहे कोही संस्कारले,समाजले,कानुनले अनुमति देओस् नदोओस् । त्यसपछि पतिपत्नी नाताको डोरी छिन्यो । बच्चाहरुमा झुन्डिएको थरको लेबल त प्रकृतिले नै अक्षुण्ण बनाएको होला । तर म उसकी कोही नहुँदा पनि ममाथि संस्कारले टँसाएको उसको रेग्मी थरको लेबल नउप्किँदा त्यसले मलाई सधै घोचिरहन्छ, बिजाइरहन्छ अल्झाइरहन्छ । बच्चाको अल्झोले अर्को विहेको पनि सम्भावना रहेन ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : ५४ बजे

भरत दाहाललाई २४ घण्टाभित्र मिसिलसहित उपस्थित गराउनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घन्टाभित्र

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा