२० माघ २०८२, मंगलबार | February 3, 2026

बैंकको सहुलियत प्रभावकारी कार्यान्वयन गराउन राष्ट्र बैंकसंग व्यवसायीको माग



नेपालगन्ज । सरकारले बैंकमार्फत घोषणा गरेको बिभिन्न छुट सुविधा कडाईका साथ कार्यान्वयन गर्न नेपालगन्ज उद्योग वाणिज्य संघले माग गरेको छ ।

नेपालगन्ज उद्योग बाणिज्य संघका पदाधिकारीहरुले आज नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटासंग भेट गर्दै सरकारले दिएको ब्याज लगायतका छुटको प्रभावकारी कार्यान्वयनका लागि ध्यानार्कषण गराएको हो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले केही बैंक तथा वित्तीय संस्थाले ब्याज छुट कार्यान्वयन नगरेको गुनासो गरे । उनले केहि बैंकहरुले सरकार र राष्ट्रबैंकको निर्देशन कार्यान्वयनमा आलटाल गरिरहेको बताउंदै राष्ट्र बैंकले कडाईका साथ कार्यान्वयन गराउन पहल गर्न माग गरे ।

तीन महिना लामो लकडाउनका कारण व्यापार, व्यवसाय अवरुद्ध भएपछि राष्ट्रबैंकले बैंकको ब्याजमा केही छुट दिने घोषणा गरेको छ । लकडाउनको अवधिमा सावा, ब्याज बुझाउन समस्या रहेको भन्दै व्यवसायीले समय थप गर्न माग गरेका छन् । तर घोषणा भएकै सहुलित दिन समेत केही वित्तीय संस्थाले अनाकानी गरेको व्यवसायीको गुनासो छ ।

सरकार र राष्ट्रबैंकको निर्देशन नै कार्यान्वयन नगर्ने बैंकहरुमाथि कारवाहि गर्न राष्ट्रबैंक तयार हुनु पर्ने संघका महासचिव चिरन्जिबी ओलीले बताए । ओलीका अनुसार, भेटघाटका लागि उद्योग बाणिज्य संघको कार्यालयमा बोलाईएका राष्ट्र बैंकका निर्देशक सापकोटाले ब्यवसायीहरुलाई नियमनको कार्य प्रभावकारी बनाउने विषयमा निश्चिनत हुन आग्रह गरेका थिए ।

छलफलमा सहभागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले लकडाउनका कारण उद्योगी, व्यवसायी ऋण तिर्न सक्ने अवस्थामा नरहेको बताएका थिए । छलफलमा संघका उपाध्यक्ष अमित बस्नेत, उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंक धामी, लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ५४ बजे

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक