२० असार २०८३, शनिबार | July 4, 2026

लदी पर्वको संरक्षणमा माझी समुदाय



पर्वत । पछिल्लो समय लोप हुँदै गएको लदी पर्वको संरक्षणमा यहाँको माझी समुदाय लागिपरेका छन । मालढुङ्गाको माझी समुदायले मङ्गलबार यो पर्व धुमधामसँग मनाएका हुन ।

सडक निर्माण तथा नदीमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा माछा मार्ने र डुङ्गा ९नाउ० मा सर्वसाधारणलाई नदी तार्ने काम बन्द भएपछि लदी पर्व पनि हराउँदै गएको थियो । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा यसअघि लदीपूजा हुन सकेको थिएन । अल्पसङ्ख्यक माझी समुदाय सधैँ खोला र नदीको नजिक बस्ने गर्छन् । उनीहरु यसैमाथि आश्रित हुने भएकाले पूजा गर्ने परम्परा रहिआएको बताइन्छ ।

लदीपूजा गर्दा नदीमा डुङ्गा चलाउँदा र माछा मार्दा कुनै जोखिम आउँदैन भन्ने विश्वास माझी समुदायको छ । साथै नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता छ । वर्षात्को समयमा नदीले बर्सेनि विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु¥याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपु¥याओस् भनेर नदीको पूजा गरिँदै आएको स्थानीय बलबहादुर माझीले बताए ।

लदीपूजामा आएका माझी समुदायले मौलिक पोशाक गुन्युचोली र फेटा इस्टकोटमा सजिएका थिए । आफ्नै समुदायमा समेत यसको महत्व उजागर गर्न आवश्यक रहेको उनले बताए । माझी समुदायले मुख्य पर्वका रूपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ । माझी समुदायको पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्ने उनीहरूको माग छ ।

पर्वत र बागलुङको सङ्गमस्थल मालढुङ्गामा झन्डै तीन सय माझी समुदायका परिवार बस्दै आएका छन् । पोखरा–बागलुङ सडक खुलेपछि सोही आयोजनामा काम गर्न माझी समुदाय यहाँ बस्दै आएको हो । उनीहरु हाल कालीगण्डकी नदीबाट बालुवा निकालेर बिक्री गर्ने तथा बङ्गुरपालन लगायतका व्यवसाय गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : ०९ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा