२० बैशाख २०८३, आइतबार | May 3, 2026

कांग्रेस र एमालेद्वारा ‘कोशी प्रदेश’ प्रस्ताव दर्ता, एकीकृत समाजवादी र जसपाको अलग्गै प्रस्ताव



काठमाडौं । प्रदेश १ को राजधानी कोशी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।

बुधबार एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रदेशको नाम कोशी राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् । यस प्रस्तावको समर्थकमा नेपाली का्रंग्रेसका सांसद कांग्रेसका भूमिप्रसाद राजवंशी र अर्का सांसद निरन राई रहेका छन् ।

प्रदेशसभा सचिवालयले दिउँसो १ बजेसम्मको समय दिएको थियो । सो समयभित्र एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुले भने प्रदेशको नाम ‘किरात लिम्बुवान सगरमाथा’ हुनुपर्ने भन्दै अलग्गै प्रस्ताव दर्ता गराएका छन् ।

प्रस्तावको प्रस्तावकमा एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु रहेका छन् भने समर्थन जसपा सांसद निर्मला लिम्बूले गरेकी छन् ।

नेकपा माओवादी केन्द्रले भने कोशी नाममा समर्थन गर्ने जनाउन दिएको छ । यसअघि एमाले र कांग्रेसबीच प्रदेशको नाम कोसी राख्ने सहमति भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १ : ५४ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको