१४ असार २०८३, आइतबार | June 28, 2026

आज तराई मधेसमा होली, एक आपसमा रंग दलेर मनाईदै, २२ जिल्लामा सार्वजनिक बिदा



काठमाडौं । तराई–मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ। मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई–मधेशमा होली पर्व मनाईदैछ ।

पुराणहरुका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा पराम्परागत रुपमा होली मनाउँदै आइएको छ  भने द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहदैँ आएको छ।

तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफान्तहरु मिलेर रंगहरु दलेर एक आपासमा खुसीयाली साटासाट गर्ने चलन रहदैँ आएको छ ।

होलीकै अवसरमा आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिईएको छ । फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिईएको हो ।

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ६ : ५६ बजे

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको