१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

नबिलले दियो सुरक्षित कार्यस्थलका लागि हिंसा तथा उत्पीडनको सुरक्षा तालिम



काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको कार्यशालाको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति सचेतना भएको बैंकले जनाएको छ ।

७० जना कर्मचारीहरूका लागि फाइट–ब्याक नामक संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो । उपत्यका भित्रका शाखाहरूका लागि स्थलगत र बाहिरका सबै प्रदेशका शाखाहरू अनलाइन मार्फत सहभागी रहेको यस कार्यक्रममा बैंकका महिला तथा पुरुष कर्मचारीहरूको सहभागीता रहेको थियो ।

कार्यक्रमबाट कर्मचारीहरूले कार्यस्थल हिंसा तथा उत्पीडन भनेको के हो रु कार्यालयमा यस किसिमका गतिविधिहरू कुन तरीकाबाट हुन सक्छ रु यस्ता गतिविधिहरू हुन नदिन कसरी सजग सहनुपर्छ र यदि यस्ता गतिविधिहरू कार्यस्थलमा भइहाले आत्मरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा व्यवहारिक तथा प्रयोगात्मक तरीका प्रदर्शन गरी जानकारी दिइएको थियो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना कर्मचारीहरूको मनोबल वृद्धि गर्न र समाजमा घट्न सक्ने गतिविधिहरूको सामना गर्न यस प्रकारको जानकारी मूलक कार्यक्रम उपयोगी रहेको बताए । नबिल बैंकले आफ्ना कर्मचारीहरूको मनोबल बढाउन यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा नेपालको कानुनी व्यवस्था, हिंसा हुँदा प्रतिकार र आत्मरक्षा गर्ने तरिका तथा आफूसँग भएको सरसामानलाई औजारको रूपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी उपयोगी भएको एक सहभागी रिया बस्नेतले बताइन् । ‘मैले यो कक्षामा आत्मरक्षा सम्बन्धी तरिका मात्र सिक्छु सोचेको थिए तर मैले धेरै उपयोगी सीपहरू सिक्न पाएँ । जस्तै कसरी यौन हिंसा अथवा कुनै दुव्र्यवहार हुँदा प्रस्तुत हुने, कसरी आफूलाई सुरक्षित राख्ने, आफ्नो आवाजलाई कसरी औजार बनाउने जस्ता धेरै कुरा सिक्न पाएँ । जसले मेरो आत्मबल बढेको छ’ उनले भनिन् ।

आफ्नो कार्यालय स्थल तथा हाम्रो समाजमा दैनिक जीवनमा घट्न सक्ने हिंसालाई ध्यानमा राखेर नारी दिवसको दिनमा बैंकका कर्मचारीहरूलाई यो एक दिने तालिम संचालन गरेको नबिल बैंकका मानव संसाधन प्रमुख दिवस कार्कीले बताए ।

कार्यक्रम सोचेको भन्दा उपयोगी भएको प्रतिक्रिया सहभागीहरूबाट आएकोले आगामी दिनमा यस्ता कार्यक्रम गर्न हौसला मिलेको प्रतिक्रिया उनको छ । कर्मचारीहरूको सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै उनले यस्ता कार्यक्रमले सहभागीहरूमा हिंसाका घटनाहरू घट्न नदिन कस्तो किसिमको सतर्कताहरू अपनाउने र कथमकदाचित आफूमा यस्ता गतिविधिहरू हुन गएमा आत्मरक्षाको लागि कस्ता विधिहरू अपनाउनु पर्छ भन्ने ज्ञानले सहभागीहरूमा आत्मबल बढेको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ०४ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary