२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

खजुराको एउटै वडामा ७८ बालबालिका र ३१ गर्भवती कुपोषित



खजुरा । यातायात, स्वास्थ्य संस्था र शिक्षाको क्षेत्रमा सुगम मानिएको बाँकेको खजुरामा कुपोषणयुक्त बालबालिका फेला परेका छन् । खजुरा गाउँपालिका वडा नम्बर ६ मा पाँच वर्षमुनिका ७८ जना बालबालिका कुपोषणको समस्याबाट प्रभावित रहेको तथ्यांक सार्वजनिक भएको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र, खजुरा–६ पुरैनाको आयोजनामा “एकीकृत कुपोषण व्यवस्थापनका लागि घरपरिवारका सदस्यहरूसँग एकदिने अन्तरक्रिया तथा परामर्श कार्यक्रम” मा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

वडा नम्बर ६ मा मात्र पाँच वर्षमुनिका ७८ जना बालबालिका कुपोषित रहेको तथ्यांक स्वास्थ्य शाखा खजुराले सार्वजनिक गरेको हो । सोही वडामा ३१ जना गर्भवती महिला पनि कुपोषणको समस्यामा रहेको स्वास्थ्य शाखा खजुराकी प्मुख लक्ष्मी ओलीले बताइन् । उनले कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन असर पार्ने भएकाले यसलाई सामान्य रूपमा लिन नहुने बताइन् । “पछिल्लो समय वडा नम्बर ६ को अवस्था चिन्ताजनक देखिएको छ । त्यसैले पालिकाले यही वडालाई केन्द्रमा राखेर समस्या न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ,” उनले भनिन् ।

खजुरा गाउँपालिकाभर हाल ९३ जना गर्भवती महिला तथा ४४७ जना पाँच वर्षमुनिका बालबालिका कुपोषणको अवस्थामा रहेको फेलापरेपनि कुपोषण विरुद्धको पूर्व तयारीमा भने पालिका स्तरको स्वास्थ्य शाखाको कमजोरी देखिएको छ । कुपोषणबाट जोगाउन स्वास्थ्य संस्थाबाट पूर्व तयारी गरेको नदेखिएको स्वास्थ्यसँग सम्बन्धित एक स्थानीयले बताए । ठूलो संख्यामा कुपोषण भएका गर्भवती र बालबालिका फेलापरेपछि मात्र पालिकाले चासो देखाएको उनले बताए ।

पोषणयुक्त खानाको अभाव, गर्भावस्थामा पर्याप्त स्याहार तथा पोषण नपुग्नु, सरसफाइमा कमी, बालबालिकालाई उमेरअनुसार आवश्यक आहार नखुवाउनु तथा परिवारमा पोषणसम्बन्धी चेतनाको कमीहुनु कुपोषणको मुख्य कारण भएको कार्यक्रममा सहभागीहरुले औंल्याएका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, गर्भवती महिला, सुत्केरी आमा तथा अभिभावकहरूको सहभागिता रहेको थियो ।

खजुरा गाउँपालिकाले कुपोषणको समस्या न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण, पोषण परामर्श, समुदायस्तरीय सचेतना कार्यक्रम तथा जोखिममा रहेका गर्भवती महिला र बालबालिकाको निगरानीलाई प्रभावकारी बनाउन नसक्दा समस्या बढ्दै गएको एक स्थानीयले बताए ।

उता स्वास्थ्य शाखाले भने स्थानीय तह, स्वास्थ्य संस्था तथा विकास साझेदार संस्थाहरूको समन्वयमा कुपोषणमुक्त खजुरा निर्माण गर्ने लक्ष्यका साथ कार्यक्रमहरू सञ्चालन भइरहेका दाबी गरेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार  १० : १४ बजे

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी