१७ बैशाख २०८१, सोमबार | April 29, 2024

भैरहवा बहुमुखी क्याम्पसमा तालाबन्दी : विद्यार्थीलाई सास्ती



भैरहवा । राजेश ठाकुर बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । मायादेवी, बनगाई वडा नं ७ निवासी उनी मुसलधारे पानीमा भिज्दै परिचय पत्र बनाउन बिहानै आफ्नो क्यामपस भैरहवा बहुमुखी क्याम्पस तर्फ लागे । बिहान ७ बजे साइकल चढेर उनी परिचय पत्र बनाउनका लागि क्याम्पस तर्फ पुग्दा । क्याम्पसको प्रशासन, लेखा शाखा जताततै ताला लागेको देखे पछि निराश हुदै ओत लाग्न उनी चमेना गृहमा बसेका थिए ।

उनले भने, ‘क्याम्पसमा तालाबन्दी भएको रहेछ थाहा थिएन, म त परिक्षाको तालिका हेर्न र परिचय पत्र बनाउन आएको थिए, पानी पर्न नरोकिए सम्म यहीं बस्नु पर्छ काममा जान पनि अबेर हुने भो’ ।

त्यस्तै बिबिएस दोस्रो वर्षमा अध्ययनरत छात्र मुकेश यादव रोहिणी २ बाट परिचयपत्र बनाउन र अन्य कामले क्याम्पस आएका थिए तर क्याम्पसमा ताला लागेपछि उनी अधुरो काम बोकेर घर जानुपर्ने भएको बताए ।

बिबिएस तेश्रो वर्षमा अध्ययनरत छात्रा सुशीला केवटका अनुसार विगत ३ दिन देखि ताला बन्द भएका कारण दैनिक विद्यार्थीहरू फर्केर घर गएका छन् ।

कस्ले गर्यो तालाबन्दी ?

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ, लोकतान्त्रिक समाजवादी विद्यार्थी संघ, जनता समाजवादी विद्यार्थी संघ, जनमत विद्यार्थी संघ, स्वतन्त्र मधेश विद्यार्थी संघले चैत्र १ गतेका दिन क्याम्पसमा संयुक्त रूपमा तालाबन्दी गरेको हो ।

किन भयो तालाबन्दी ?

चैत्र १ गतेका दिन निर्वाचन अधिकृतले एक पक्षीय भई मतपत्र सार्वजनिक गरेको आरोप लगाउँदै ताला बन्दी गरीएको हो ।

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष एवं सभापतिका उम्मेदवार सागर न्यौपानेका अनुसार प्रशासन एवं निर्वाचन अधिकृत एकपक्षीय रहेका छन् । उनले भने,’चुनाव निश्पक्ष हुनुपर्छ, निर्वाचन अधिकृत फेरिएको ५ मिनेटमै यो ताला खोल्छौ’ ।

अखिल क्रान्तिकारी भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष एवं सभापतिका उम्मेदवार मनिस ढकालका अनुसार क्याम्पसमा नकारात्मक राजनितिककरण हुँदा विद्यार्थीले दुख पाएका छन् । अन्य संगठनका उम्मेदवारहरू निर्वाचन प्रक्रियामा जान नचाहेको र निर्वाचन प्रक्रियामा जान डराएका कारण फन्डा गरीरहेको बताए ।

त्यस्तै स्वतन्त्र उम्मेदवार आयुस अधिकारीका अनुसार निर्वाचन अधिकृत माथि लगाइएको आरोप मात्र रहेको र चैत्र २ गते बसेको संयुक्त बैठकमा पुष्टि नभएको बताए ।

चैत्र ५ गते हुन गईरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका कारण र अकुशल राजनितिकरणका कारण मुस्ताङ देखि मर्चवार सम्म पठनपाठन गर्न आउने विद्यार्थीहरूले पाइरहेको दुख अत्यन्तै लज्जास्पद विषय हो । विद्यार्थीहरूको हक, हित र आवाज बन्ने एजेण्डा बोकेका विद्यार्थी संगठनको यो कार्य निन्दनिय छ । क्याम्पस आम विद्यार्थीको पनि हो जो कुनै संगठनमा आवद्ध छैनन्, नेतृत्वले उनीहरूको समस्या समाधान गर्न तर्फ लाग्नु भन्दा पनि समस्या बढाउन तर्फ लागेको देखिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १ : ०५ बजे

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो