१० बैशाख २०८३, बिहिबार | April 24, 2026

डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ



काठमाडौं । विकास बैङ्कको साझा संस्था ‘डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपाल’को नयाँ कार्यसमिति चयन भएको छ । सो संस्थाका अध्यक्षमा साङ्ग्रीला डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् । आज सम्पन्न संस्थाको १७औँ वार्षिक साधारणसभाले कार्यसमितिका पदाधिकारी चयन गरेको हो ।

उपाध्यक्षमा महालक्ष्मी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी, कोषाध्यक्षमा लुम्विनी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा चयन भएका छन् ।

त्यस्तै, सदस्यमा साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कट्टेल चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले विकास बैङ्कको हक र हितका लागि कार्य गर्न लागिपर्ने प्रतिवद्धता जनाए । उनले आजका विकास बैङ्क व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैङ्कजस्तै रहेको बताए ।

कूल ९० वटा विकास बैङ्क घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका विकास बैङ्कको उपलब्धि भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ५० बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना