४ पुस २०८२, शुक्रबार | December 19, 2025

राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धक किर्ते कागज बनाई ऋण प्रवाहको अभियोगमा पक्राउ



नेपालगञ्ज । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय बाणिज्य बैंकका एकजना प्रबन्धकलाई पक्राउ गरेको छ ।

शुक्रबार राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई प्रहरीले किर्ते कागज गरि ऋण प्रवाह गरेको आरोपमा पक्राउ गरेको हो ।

सरकारी कागजात किर्ते गरी एक करोड २५ लाख रुपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी सुवास खड्काले जानकारी दिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–११ का सुनचाँदी व्यवसायी जसगढले जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा, कर तिरेको रसिद, मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंंकबाट ऋण लिएको अभियोगमा २७ जेठ मै पक्राउ परेका थिए ।

जसगढको मुद्दामा शाहीलाई समेत अभियोजन गरि अदालतबाट अनुसन्धान गर्ने आदेश अनुसार पक्राउ गरिएको डिएसपी खड्काले बताए । उनले प्रबन्धक शाहीलाई शुक्रबार नै जिल्ला अदालत बाँकेबाट म्याद थप गरि अनुसंन्धान सुरु गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : ४१ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ