१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

व्यावसायिक वातावरण बनाएर अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन वरिष्ठ उपाध्यक्ष ढकाल आग्रह



धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई थप विग्रनबाट जोगाउन र मुलुक भित्र व्यावसायिक वातावरण बनाउन तत्काल अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउनुपर्ने बताएका छन्

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको छैठौँ प्रदेश सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रलाई बढी नियन्त्रण गर्ने प्रयास गर्दा अहिलेको असहज परिस्थिति सृजना भएको र नीतिगत सुधार नगरी यसलाई सही बाटोमा ल्याउन नसकिने बताएका हुन् ।

“विगतमा अर्थतन्त्र सुधार गर्न राज्यले लिएका नीतिहरुले निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन सकेन । यसले उद्योगी व्यवसायीहरुको मनोबल बढाउन सकेन । अब अर्थतन्त्र सुधार्न र व्यवसायीको मनोबल बढाउन तत्काल नीतिगत सुधार गर्नुपर्ने जरुरी हुन्छ,” उनले भने।

उनले अहिलेको असहज परिस्थितिमा राज्यका एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप गर्नुभन्दा मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

“सबै क्षेत्र अप्ठेरोमा परेका छन् । बैंक वित्तिय संस्था पनि निजी क्षेत्रकै अंग हुन । बैंक वित्तिय संस्थालाई मात्रै गाली गरेर हुँदैन । यो नीतिगत अस्थीरताले सिर्जना गरेको समस्या हो । यसको समाधान आन्दोलन गरेर पनि हुँदैन,” उनले भने “यसका समाधान सरकार, नेपाल राष्ट्र बैंक तथा निजी क्षेत्र सबै मिलेर गर्नुपर्छ ।”

महासंघको सबै प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको प्रसंग उठाउँदै उनले यसले महासंघलाई थप एकतावद्ध भई सरकारसँग सहकार्य गर्न सहयोग पुग्ने बताए ।

“आजको यस प्रदेशको निर्वाचन सकिएसँगै ७ वटै प्रदेशमा महासंघको नयाँ नेतृत्व चयन भएको छ । यसले महासंघलाई बलियो वनाउनेछ । महासंघ जति वलियो हुन्छ त्यति नै अर्थतन्त्रमा पनि हामीले योगदान पुर्याउन सक्नेछौ,” उनले भने ।

उनले सुन्दर सुदूरपश्चिम अभियानलाई बढवा दिन सके सुदूरपश्चिममा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ५३ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत