७ आश्विन २०८३, बुधबार | September 23, 2026

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने बताएका छन्।

प्रतिनिसिभाको आजको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री डा. वाग्लेले मुलुकभित्रको आम्दानी र खर्चका बीचमा खाडल रहेकाले भएकाले अन्तरिक र बाह्य स्रोतको सन्तुलनका लागि यस्ता कोषलाई प्रतिफलमुखी र सुरक्षितरूपमा परिचालन गर्नुपर्ने बताए ।

मन्त्री वाग्लेले राष्ट्रिय बचतले नधान्ने अवस्थामा जनताको रकम जम्मा गरेर निर्मित सार्वजनिक कोषहरूलाई कुन हदसम्मको लचिलो बनाउने भन्ने सवालमा सरकार जोखिम व्यवस्थापनप्रति गम्भीर हुने स्पष्ट गरे ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू सुशील खड्का, कृष्णहरि बुढाथोकी, नीतिमा भण्डारी कार्की, माधवबहादुर थापा, सीताराम साह, प्रभा ढकाल, जनकसिंह धामी, मञ्जु भुसाल, देवराज पाठक, गोविन्द पन्थी, प्रभा कार्की, परशुराम तामाङ, अमृता विक, राधिका रम्तेल, श्रीराम न्यौपाने, गणेशबहादुर विश्वकर्माले भाग लिए ।

यस्तै सांसदहरू प्रेमलाल चौधरी, आशिष गजुरेल, बलावती शर्मा, ललिता कुमारी, गोपाल शर्मा, पुकार बम, निराशा चौधरी डगौरा, हरिमोहन भण्डारी, ज्ञानेन्द्रसिंह महता, बोधनारायण श्रेष्ठ, विश्वराज पोखरेल, एशुदाकुमारी बराल, गुरूप्रसाद बारल, अम्बिकादेवी सङ्ग्रौला, मधुकुमार चौलागाईँ र भरत गिरीले छलफलमा माग लिए ।

सांसदहरूले कोषलाई समयानुकूल विकसित गर्दै लगानीयोग्य र प्रभावकारी बनाउन सुझाव दिए । कोषले हाल तीन खर्ब ३७ अर्बको बचत व्यवस्थापन गरिरहेकाले सुरक्षित, प्रतिफलयुक्त र पारदर्शी लगानी बढाउन सांसदहरूको आग्रह छ ।

विधेयकमाथि अब सांसदहरूले दिने संशोधनका आधारमा सम्बन्धित समितिमा दफाबार छलफल हुनेछ । सभाको बैठक जारी छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ३ : ४६ बजे

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई

हवाई फायर गर्दा नरोकेपछि बाइकको टायरमा गोली प्रहार, १०३.७९० ग्राम ब्राउनसुगर बरामद

नेपालगन्ज । लोगुऔषधको कारोबारे पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको

मुस्ताङ भन्सारबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव