४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

नेपालमा अति संक्रामक भेरियन्ट ओमिक्रोनका ९ वटा सवभेरियन्ट सक्रिय



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा केही दिनयता पुन: वृद्धि हुन थालेको छ । शून्यमा झरेको कोरोना संक्रमणको अवस्था विस्तारै बढ्दै गएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्र देशभरमा ७६ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यसका साथै अहिले नेपालमा अति संक्रामक भेरियन्ट ओमिक्रोनका ९ वटा सवभेरियन्ट सक्रिय रहेको पाइएको छ । जसमध्ये पनि पछिल्लोपटक भेटिएको एक्सबीबी.१.१६ सबैभन्दा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चैत्र महिनामा संकलन गरिएका २४ वटा नमुनाको सिक्वेन्सिङ गर्दा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । साथै अहिले भारतमा फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सवभेरियन्ट रहेको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

मन्त्रालयले सचेत रहन अनुरोध गरेको छ । अहिले भेटिएका भेरियन्टहरु अतिसंक्रामक रहेकाले सचेतनाका साथै भ्याक्सिन लगाउने अभियानलाई पनि तीव्रता दिनुपर्ने बताएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : २७ बजे

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी