३ आश्विन २०८३, शनिबार | September 19, 2026

लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्षमा अजयमान श्रेष्ठ नियुक्त



बुटवल । लामो समयदेखि रिक्त रहेको लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बुटवलका उद्योगी अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ । प्रदेश सरकारमा अल्पमत देखिएका लिला गिरी नेतृत्वको सरकारले श्रैष्ठलाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि रुपन्देही उद्योगसंघको वरिष्ठ उपाध्यक्ष र महासचिवको रुपमा काम गरेको अनुभव रहेका ५३ वर्षिय श्रेष्ठले त्रिभुवन विश्वविद्यालय अन्तर्गत शंकरदेव क्याम्पस काठमाडौंबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनी रोटरी क्लव अफ बुटवलमा २००८–००९ मा अध्यक्ष बनेका थिए भने २०१२–१३ मा एसिस्टेन्ट गभर्नर बनेका थिए ।

श्रेष्ठले सञ्चार उद्यमीको २०५४ सालदेखि दैनिक जनसंघर्ष, बुटवल टुडे, दैनिकपत्र हुँदै पत्रिकाको संस्थापक प्रवन्ध सञ्चालक रहेका काम गरेका थिए । मन्त्रिपरिषदको बैठकले विकास समितिको सदस्यमा कपिलवस्तुकी लक्ष्मी खनाललाई नियुक्ती गर्ने निर्णय गरेको बताइएको छ ।

शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेको सुर्य भट्टराईलाई कुलप्रसाद केसी नेतृत्वको प्रदेश सरकारले हटाएपछि विकास समिति बिना नै अस्पताल संचालन भइरहेको थियो । प्रदेश सरकारले अघिल्लो हप्ता मात्र एमालेकै स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले नियुक्त गरेको प्रादेशिक अस्पतालका मेसु डा.इन्द्र ढकाललाई हटाएर डा. सुदर्शन थापालाई मेसुमा नियुक्त गरेको थियो ।

 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : ३३ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय