१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

ड्राइ फ्रुट्सको फाइदा, खाली पेटमा खाँदा रोगहरुबाट बच्न सकिने



काठमाडाैं । हाम्रो आफ्नै जीवनशैलीमा साना परिवर्तनहरूले समग्र स्वास्थ्यको लागि चमत्कार गर्दछ । हामी मध्ये धेरैले पोषणको कमीको सामना गरिरहेका छौं, जुन केही स्वास्थ्य समस्याहरूको कारण हुन सक्छ ।

शरिरमा आइरन, फोलेट र भिटामिन बी १२ र ए को कमीले एनिमिया हुने गर्दछ भने भिटामिन डीको कमीले रिकेट्स रोग निम्त्याउने गर्दछ । बदाम, काजू र अाेखरजस्ता नटहरू बी-भिटामिन, फोलेट र भिटामिन ई का राम्रो स्रोत हुन् । हामीले दैनिक रुपमा यी साना सुपर फुडहरू नियमित खाइरहयो भने हाम्रो स्वास्थ्यलाई स्वस्थ र बढावा दिनमा मद्दत गर्दछ ।

यस्ता नटहरूलाइ भिजाउँदा शरीरले पोषक तत्वहरू राम्रोसँग अवशोषित गर्छ। यी नटहरूलाइ रातभर भिजाउँदा यी नटहरूमा पाइने फाइटिक एसिडलाई हटाउन मद्दत गर्दछ जसले अपच निम्त्याएकाे हुन्छ ।

भिजेको नटले पाचन क्षमतामा पनि सुधार गर्न मद्दत गर्छ र तिनीहरूको स्वाद र बनावट सुधार गर्नमा पनि मद्दत गर्दछ ।

पीसीओएस, पिमपल र दागहरुबाट राहतको लागि भिजेको बदाम खानु फाइदाजनक हुन्छ ।

 भिजेको बदाम खाँदा छालालाई चम्किलो बनाउन मद्दत गर्छ । बदामलाइ रातभर भिजाउनुहोस्, बिहान त्यसको बोक्रा निकालेर दैनिक खानुहोस् ।

यसैगरि महिनावारीको समस्यामा भिजेको किसमिस र केसर खानु निकै फाइदाजनक हुनेगर्दछ । महिनावारीको दुखाइ र अनियमित महिनावारीका लागि ६-८ वटा भिजेको किसमिस र २ वटा केसरलाई रातभर भिजाएर राख्ने र भोलिपल्ट बिहान खाँनु सकिन्छ ।

नटसहरुले कपाल झर्ने समस्याबाट पनि रोक्नमा मद्दत गर्दछ । कपाल झर्नबाट जोगाउन र रोग प्रतिरोधात्मक क्षमता सम्बन्धी समस्याहरू हटाउन कालो किसमिसलाई रातभर भिजाएर भोलिपल्ट बिहान सेवन गर्नुपर्ने हुन्छ ।

भिजेको ओखर मेमोरी र एकाग्रता अर्थात दिमाग तेजिलो बनाउन पनि फाइदाजनक हुन्छ ।

मस्तिष्क शक्ति, स्मरणशक्ति र एकाग्रता बढाउन दुईवटा ओखरलाई रातभर भिजाएर बिहान सेवन गर्न सकिन्छ । यो विशेष गरी बच्चाहरु को लागी लाभदायक मानिन्छ ।

जब यी खानाहरू भिजाइन्छ, तपाईंको शरीरले पोषक तत्वहरूलाई राम्रोसँग अवशोषित गर्दछ । तिनीहरूलाई रातभर भिजाउँदा यी नटहरूमा पाइने फाइटिक एसिड हटाउन मद्दत गर्दछ जसले अपच निम्त्याउन सक्छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : १७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा

बिबिसीको डकुमेन्ट्री विवादबारे सुरज पाण्डेको अभिव्यक्ति : ‘निर्वाचनमा विवेक प्रयोग गरौँ’

बुटवल । उज्यालो नेपाल पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २

प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन,

सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँ : सभापति थापा

गलकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा