८ चैत्र २०८२, आइतबार | March 22, 2026

सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव



दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने चलचित्र महोत्सव सुरु भएको छ । सो चलचित्र महोत्सवको नेपालस्थित युरोपियन युनियनका उपप्रमुख डा जोली हिभोनेट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले संयुक्तरुपमा शुभारम्भ गरे ।

महोत्सवको शुभारम्भ गर्दै डा जोलीले ‘नेपाल युरोपियन फिल्म फेस्टिवल-२०२३’ को १२ औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा आयोजना गरिएको जानकारी दिए । उनले चलचित्र महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु चलचित्र प्रदर्शन गरिने बताए ।

“महोत्सवमा मानवअधिकार प्रवद्र्धनमा चलचित्रको भूमिकालाई कसरी बुझ्ने शीर्षकमा छलफल हुनेछ”, डा जोलीले भने, “यसको उद्देश्य आम मानिसमा उनीहरुको अधिकारबारे चेतना अभिवृद्धि गर्ने रहेको छ ।”

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति जोशीले चलचित्र महोत्सवले मनोरञ्जनका साथै मानवअधिकारसँग सम्बन्धित सन्देश प्राप्त हुने बताए । “महोत्सवमा प्रदर्शन गरिने चलचित्रले मनोरञ्जनका साथै चेतना अभिवृद्धि हुनेछ”, उनले भने, “सन्देश प्रवाह गर्ने भएकाले पनि यो महोत्सव महत्वपूर्ण छ, यसको सदुपयोग गर्न जरुरी छ ।”

महोत्सवमा एनी डे नाउ र अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनसको निर्देशन गरेका इनभिजिवल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेका डेटिङ अम्बर (आयरल्यान्ड, बेलायत) र डेभिड फ्रेनले निर्देशन गरेका मित्र (नेदरल्यान्ड) प्रदर्शन हुनेछन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : १४ बजे

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल