२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोना भाइरसका ३१६ नयाँ संक्रमित थपिए, देशभर हालसम्म १३ हजार ५६४ जनामा संक्रमण



काठमाडौं । विश्वभर महामारी मच्चाइरहेको कोरोना भाइरस कोभिड–१९ ले नेपाललाई पनि प्रभावित बनाइरहेको छ । कोरोना भाइरसका संक्रमित दिनदिनै थपिँदै गएका छन् ।

मंगलबार ७१ महिला र २४५ पुरुष गरी ३१६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर संक्रमितको संख्या १३ हजार ५६४ पुगेको जानकारी दिए । जसमध्ये १ हजार ६५७ महिला र ११ हजार ९०६ पुरुष रहेका छन् ।

यसैगरी निकोभएर घर फर्किनेको संख्या ३१९४ रहेको छ । जसमध्ये २७७ महिला र २ हजार ९१७ पुरुष रहेका छन् । मंगलबारमात्र ९ महिला र ५१ पुरुष गरी ६० जना संक्रमित निको भएर घर फर्किका छने ।

हालसम्म १० हजार ३४१ जना कोरोना संक्रमित आइसोलेसन सेन्टरमा रहेका छन् । यसैगरी ५३ हजार ७० जना व्यक्तिहरु अझै पनि क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ४ : ३७ बजे

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ ।

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय

राष्ट्रपति पौडेलले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका

वर्षामा बिपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको