२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीचको बालुवाटारमा वार्ता सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता सुरु भएको छ ।

आन्तरिक विवाद समाधानका लागि अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरुलाई भारतसँग मिलेको आरोप लगाउनुभएपछि विवाद उत्कर्षमा पुगेको थियो । पार्टी विभाजनको अवस्थासम्म पुग्न नदिनका लागि दुवै अध्यक्षले अहिले छलफल थालेका हुन् । शुक्रबार दिउँसो बालुवाटारमा झण्डै तीन घन्टासम्म चलेको वार्तामा दुवै पक्षले आ-आफ्नै अडान राखेका थिए ।

हिजो प्रधानमन्त्री ओलीको आग्रहमा स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित गरिएको थियो । तर हिजो हुने भनिएको वार्ता भने प्रधानमन्त्री ओलीले अन्य परामर्श भन्दै स्थगित गरेका थिए । छलफल सहमतितर्फ उन्मुख भएमा स्थायी कमिटी बैठक केहीदिन स्थगित गरेर सहमति कायम गर्ने प्रयास गर्न दोस्रो तहका नेताहरुले शिर्ष नेताहरुलाई आग्रह गरेका छन् । विवाद समाधानमा प्रगति नभएमा दुवै पक्षले आआफ्नो रणनीति हनुसार तयारी गर्नेछन् ।

आजको वार्तामा दुबै अध्यक्ष हरुले साछीकारुपमा २, २ जना आफु निकटका नेताहरुलाई सहभागि गराएका छन् । ओल्लिे महासचिव बिष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डले जनार्दन शर्मा र वर्षमान पुनलाई छलफलमा सहभागि गराईएको छ ।

पार्टी बैठक चलिरहेका समयमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले अचानक संसद बैठक अन्त्यका लागि सिफारिस गर्नुभएको थियो । त्यसपछि दुवै अध्यक्षले आआफ्नो टोलीमा पनि परामर्श तिब्र पारेका छन् ।

यहीँबीचमा हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भएको बताउनुभएको थियो । दुई अध्यक्ष बिच वर्ता सुरुहुनु अघि प्रचण्ड सहित बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल राष्ट्रपति बिद्यादेवी भण्डारी भेटन सितल निवास पुगेका थिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १२ : ५७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार