३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

स्नातकोत्तर पढ्ने पत्रकारलाई रामपुर नगरपालिकाले सहयोग गर्ने



पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको छ ।

आगामी आव २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारितासम्बन्धी नीतिमा नगरका क्रियाशील पत्रकारलाई अध्ययनका लागि विशेष सहयोग गरिने उल्लेख छ । उक्त कार्यक्रम पाल्पाकै नमूना भएको नगरपालिकाले जनाएको छ ।

पत्रकारिता गर्ने सञ्चारकर्मी तथा पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले आगामी आवदेखि लागू हुने गरी स्नातकोत्तर तहमा अध्ययन गर्ने पत्रकारका लागि नीति तथा कार्यक्रममा समावेश गरेको नगरप्रमुख रमणबहादुर थापा बताए ।

“राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रले समाजको सही, सत्य र निष्पक्ष सूचना प्रवाह गरेको हुन्छ”, उनले भने, “त्यस क्षेत्रमा क्रियाशील पत्रकारलाई दक्ष बनाउन स्नातकोत्तर तह पढ्नेलाई रामपुर नगरले विशेष सहयोग गर्नेछ ।”

पत्रकारिता विषय अध्ययनका लागि नगरभित्र रहेर सक्रियरूपमा पत्रकारिता गर्ने पत्रकारले विशेष सुविधा पाउनेछन् । यस कार्यक्रमले रामपुरमा क्रियाशील पत्रकारमा खुसीयाली छाएको छ । पत्रकारिता विषय लिएर अध्ययन गर्ने मन भए पनि अर्थाभावमा रहेका पत्रकारलाई यो कार्यक्रमले धेरै सुविधा पुग्नेछ ।

रामपुर नगरपालिकाभित्र हाल एफएम रेडियो, टेलिभिजन, अनलाइन, छापा माध्यमलगायतका विभिन्न सञ्चारमाध्यममा गरी करिब ३० सञ्चारकर्मी क्रियाशिल छन् । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा रहेको रामपुरमा पछिल्लो समय सञ्चारमाध्यमको विकास हुँदै जाँदा पत्रकारितामा रुचि राख्ने सञ्चारकर्मी पनि बढ्दै गएका छन् ।

रामपुरमा बसेर राष्ट्रियस्तरका विभिन्न सञ्चारमाध्यममा पत्रकारिता गर्ने जनशक्ति उत्पादन भएको छ । पत्रकारिता विषय लिएर स्नातकोत्तर तहसम्मको अध्ययन गर्ने पत्रकार भने अति न्यून छन् । समाजमा भएका यथार्थ घटना पत्रकारले देश तथा विदेशमा खबर पुर्याउने भएकाले राम्रो र सक्षम पत्रकार उत्पादन गर्न उनीहरूको शैक्षिक गुणस्तर विकासका लागि आगामी आवदेखि लागू हुने गरी नयाँ कार्यक्रम ल्याएको नगरका प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन् ।

स्नातकोत्तर तहमा पत्रकारिता अध्ययन गर्नका लागि धेरै रकम लाग्ने, अर्कोतर्फ काठमाडौँमा नै गएर भर्ना भएर पढ्नुपर्दा आर्थिक भार हुने हुँदा पढ्ने रुचि भएर पनि धेरैले पढ्न नसकिरहेको अवस्था छ । नगर सरकारले विशेष सहयोग कार्यक्रम ल्याएपछि पत्रकारितामै भविष्य बोकेका पत्रकारलाई धेरै राहत मिल्ने नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका सदस्य दुर्गेश मल्ल बताउँछन् । रामपुर नगरले पत्रकारिता क्षेत्रलाई महत्व दिएर नीति तथा कार्यक्रममा समावेश गरेपछि पत्रकारिता गरिरहेका सञ्चारकर्मी उत्साहित बनेका छन् ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १० : ०३ बजे

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका

बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघर ल्यायो ‘जीवन परिवर्तन योजना’

बुटवल । बुटवलको मिलनचोक डेल्टा कम्पेलेक्समा रहेको नेपाली लुगाघरले सेवाग्राहीलाई

राइटपाथले बुटवलमा ग्राण्ड एजुकेसन कनक्लेभ गर्ने

बुटवल । शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले