१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

सहमतिपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सञ्चालन



दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ । अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः सञ्चालन गरिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा विकास लामिछानेका अनुसार घोराही–३ का वडाअध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाउने सहमति भएको छ । समितिले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन ल्याउने छ । शैक्षिक योग्यताअनुसार मृतकका नजिकका आफन्त एकजनालाई रोजगारी दिने सहमति भएको लामिछानेले बताए । पीडित परिवारका लागि आर्थिक सहयोग जुटाइने भएको छ ।

सहमतिपछि बालकको शव आफन्तले बुझेका छन् । छारे रोगबाट पीडित ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएको थियो । उपचारमा लापरवाही गरेका कारण उनको ज्यान गएको मृतकका आफन्तजनले आरोप लगाएका थिए । उचित क्षतिपूर्तिको माग गर्दै उनीहरुले शुक्रबार दिनभर अस्पतालको सेवा अवरुद्ध पारेका थिए ।

मृत्यु भएका बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्न कार्यकारी परिषद्लाई सिफारिस गर्ने सहमति भएको उपकुलपति डा लामिछानेले बताए ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ४ : ४२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू