२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

भरतपुर भ्रमण २०२४ : भरतपुरमा संघीय मन्त्रिपरिषद्को बैठक बस्न आग्रह गरिने



चितवन । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाउने क्रममा सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठक भरतपुर बस्न आग्रह गरिने भएको छ । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण २०२४ विशेषरूपमा मनाउँदै छ ।

सोही सन्दर्भमा आज आयोजित छलफल कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भ्रमण २०२४ लाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गरी विशेषरूपमा मनइनेने बताइन् । यसै क्रममा सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठक भरतपुरमा बस्न अनुरोध गर्न लागिएको उनले जानकारी दिइन् ।

्देशकै मध्यभागमा रहेको पर्यटकीय दृष्टिले महत्त्वपूर्ण भरतपुरलाई ‘घुमौँ भरतपुर’ नाराका साथ भ्रमण वर्ष मनाउन लागिएको छ । भ्रमण वर्षका अवसरमा विश्वभर रहेका भरतपुरवासी र विदेशीलाई आमन्त्रण गरिँदैछ । दाहालले नेपाल ट्रष्टको आँपटारीमा रहेको दियालो बङ्गला अवलोकन गर्नका लागि खुल्ला गर्न पहल भइरहेको बताइन् ।

भ्रमण वर्षको प्याकेज छिट्टै सार्वजनिक गरिने भन्दै उनले चितवन राष्ट्रिय निकुञ्जभित्र नियन्त्रणमा लिएर राखिएको बाघलाई पर्यटकलाई देखाउने गरी व्यवस्थापनका लागि आग्रह गरिएको बताइन् । महानगरभित्र हरियाली बनाउन रु चार करोड बजेट छुट्याइएको छ भने टोलमा नियमित सरसफाइका लागि अभियान अघि बढाइएको उनले बताइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण सिलवाल, गीता गुरुङ, ज्ञानजङ्ग लामा, ठाकुर ढकालसहित राजनीतिक दलका जिल्ला नेतृत्व एवं प्रतिनिधि, कार्यालयका प्रमुख, उद्योगी, व्यापारी, गैरआवासीय नेपाली महासङ्घका प्रतिनिधिलगायतले आआफ्नो सुझाव राखेका थिए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, पर्यटनविज्ञ विश्व सुवेदीलगायतले महानगरका तर्फबाट भ्रमण वर्षको तयारीका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : ४० बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न