१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बागमती प्रदेशसभा बैठक तत्काल बोलाउन एमालेको माग



बागमती । बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । एमाले संसदीय दलले आज प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको हो ।

“गत असार २१ गते अर्को सूचना नआउञ्जेल सम्मका लागि भनेर स्थगित गरिएको प्रदेशसभाको बैठक झन्डै डेढ महिना हुँदा पनि बस्न सकेको छैन”, नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले भने, “नागरिकहरु रोग र भोकसँग मात्र हैन विपद्सँग पनि लडिरहेका छन् । बढीपहिरोले जताततै क्षति पु-याइरहेको छ, दैनिक उपभोग्य वस्तुहरुको महँगी बढेर नागरिकहरु तड्पिरहेका छन् ।”

उनले अधिकांश मन्त्रीहरु राजधानी हेटौँडा नबस्ने तथा जनताका समस्यामा भाग्ने गरेको आरोप लगाए। “प्रदेशसभा सदस्यहरु जनताका आवाज बोल्न चाहन्छन् । तर, सरकार प्रदेशसभा बैठकका लागि व्यवस्था मिलाउन सकिरहेको छैन । गर्नुपर्ने धेरै कामहरु छन् तर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरु थप्ने र राज्यलाई व्ययभार बढाउनेतर्फ केन्द्रित छ, प्रदेशसभालाई विजनेस दिन सकिरहेको छैन”, उनले भने ।

सो अवसरमा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलले चामलको भाउ जनताले थेग्नै नसक्ने गरी बढ्दासमेत सरकारले ध्यान नदिएको बताए । प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले जनताका समस्या समाधानमा सरकारको ध्यान जान नसकेको उल्लेख गरे ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ४ : ०१ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको