१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

जीवन बिमा कम्पनीहरुले ६५ प्रतिशतले बढाए मुनाफा, कुनको अवस्था कस्तो छ ?



काठमाडौ । सञ्चालनमा रहेका १२ वटा जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

रिपोर्टअनुसार जीवन बिमा कम्पनीहरुको नाफा गत वर्षको अन्तिम त्रैमाससम्ममा ६५.३५ प्रतिशतले बढेर ३ अर्ब ६८ करोड २३ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यिनीहरुले २ अर्ब २२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए ।

पुनर्बिमा कमिसन, लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी बढेका कारण खुद नाफामा सुधार देखिएको हो । साथै, कतिपय कम्पनीहरुले मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् । जसले गर्दा पनि वित्तीय विवरण सबल देखिएको हो ।

त्यस्तै, जीवन बिमा कम्पनीहरुको समग्र चुक्ता पुँजी पनि ३८ अर्ब ५६ करोड ७४ लाख ८६ हजार रुपैयाँबाट बढेर ५० अर्ब ९६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको भन्दा ३२.१४ प्रतिशतले धेरै हो ।

यता, जगेडा कोषको आकार पनि ३२.१६ प्रतिशतले बढेको छ । समग्रमा १२ जीवन बिमा कम्पनीको रिजर्भमा १२ अर्ब ८९ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जीवम बिमा कोषको आकार पनि अघिल्लो वर्षको तुलनामा २२.६८ प्रतिशतले बढेर अहिले ५ खर्ब ३१ अर्ब ८५ करोड ७५ लाख रुपैयाँ पुगेको हो ।

यी कम्पनीहरुले समग्रमा १ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका छन् । जुन अघिल्लो वर्षको भन्दा २.५३ प्रतिशत धेरै हो । समग्रमा हेर्दा नेपाल लाइफ, हिमालयन, सूर्यज्योति, आइएमई लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था अरुको भन्दा राम्रो देखिएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  १२ : ०५ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’