३ पुस २०८२, बिहिबार | December 18, 2025

राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत गर्ने कम्पनीलाई दियो अनुदान रकम,उर्जा बचत गर्न बैंकको आग्रह



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा नेपालमा संचालित इनर्जी इफिसियन्सी कार्यक्रम नेपाल अन्तर्गतको अनुदान रकम विभिन्न कम्पनीहरुलाई दिएको छ ।

बैंकले अशोक स्टील इन्डस्ट्रिज प्रा.लि.लाई एक करोड रुपैंया, सीताराम गोकुल मिल्क्स लाई २० लाख एक हजार एक सय एकतीस रुपैंया, गोइन्का स्टील प्रा.लि. लाई पाँच लाख ६० हजार चार सय रुपैंया रकम हस्तान्तरण गरेको हो  ।

बैंकले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधी अनुसार अनुदान रकम सहयोग गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई पनि उर्जा बचत गर्ने काममा लगानी गरी  कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । उनले अन्य बैंकको तुलनामा राष्ट्रिय बाणिज्य बैंकको आधार दर (६.०७ प्रतिशत) कम भएकाले कर्जा सुविधा लिन सहज हुने बताएका छन् ।

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता भएको थियो । सोही बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘Energy Efficiency Program Nepal’ आयोजना कार्यन्वयनको लागि ‘Energy Efficiency Program Nepal’ को रुपमा सहायता सम्बन्धि काम गर्दै आएको छ । यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराउने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : ०५ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन