२९ असार २०८३, सोमबार | July 14, 2026

काठमाडौँ महानगर प्रमुख बालेनको आयो सिंहदरवारमा आगो लगाईदिने चेतावनी



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् ।

उनले सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा आगो लगाइदिने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !’

स्रोतका अनुसार शनिबारको सार्वजनिक बिदाका दिन मेयर बालेनले प्रयोग गर्ने गरेको सरकारी गाडीमा बालेन पत्नी तीजको दरखाने कार्यक्रममा अन्य केही महिलाहरु सहित जाँदै गरेको अवस्थामा प्रहरीले केहीबेर सोधपुछ गरेको थियो।

सार्वजिक बिदाको दिन सरकारी गाडीमा असम्बन्धित मान्छे चढेर गुडाएको भन्दै प्रहरीले रोकेर केहीबेर केरकार गरेर छाडिदिएको विषयमा आक्रोश पोख्दै बालेनले स्टाटस पोष्ट गरेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  १० : २० बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस