१५ माघ २०८२, बिहिबार | January 30, 2026

महानगर प्रमुख बालेनले गरे शिक्षा विधेयक अस्वीकार, हड्तालमा जाने शिक्षकलाई कारवाहीको चेतावनी



काठमाडौं  । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बालेनले संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत महानगर प्रमुख बालेनले शिक्षा विधेयकमा आफ्ने पनि असहमती रहेको बताएका छन् । उनले विधेयक संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार नसकिने उल्लेख गर्दै विद्यालय शिक्षा ऐन बनाउने अधिकार स्थानीय सरकारमा निहित रहेको जिकिर गरेका छन् ।

लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १० हजार भन्दा धेरै शिक्षक काठमाडों महानगर मातहतमा रहेको उल्लेख गर्दै उनले आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेको दाबी गरेका छन् ।

‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन ।’ उनले लेखेका छन्, ‘स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ।’

महानगर प्रमुख बालेनले शिक्षकले स्कुल बन्द गरेर पठन पाठनमा अबरोध नपुराउन शिक्षकहरुलाई चेतावनी पनि दिएका छन् । अबरोध पुराउनेहरुलाइ कानुन (संविधान) अनुसार कारबाही हुने उनले बताएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : ०४ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला