२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

बागमती प्रदेशसभाको बैठक बुधबारसम्म स्थगित



मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सोमबार साँझ बसेको प्रदेशसभाको बैठकमा प्रदेश चिट्ठा विधेयकसम्बन्धी विषयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित फिर्ता पठाएको पूर्णपाठ प्रदेशसभाका प्रत्येक सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलले पटक पटक संसद् अवरुद्ध गरी नाराबाजी लगातार गरिरहेकाले हिजै साँझ बैठक स्थगित गरी आज २ बजेका लागि सारिएको थियो ।

हिजै साँझ सरकार पक्ष र प्रतिपक्ष दलबीच सहमतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेकाले आज वार्तालाप गरी सत्तापक्ष र प्रतिपक्षबीच सौहार्द्रपूर्ण वातावरणमा सहमतिको कायम भएअनुसार आजको सट्टा बुधबार अपराह्न ४ बजे बस्ने सहमति भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राससलाई बताउनुभयो ।

हिजै साँझ बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेश चिट्ठा विधेयकसम्बन्धी पुनः विचार गरियोस् भनी प्रदेशसभाको बैठकमा प्रस्ताव टेबुल गरेलगत्तै प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गरिरहेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : ५६ बजे

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय

पाटन । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राष्ट्रिय परीक्षा बोर्डको

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द

मुम्बई । अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको