१३ भदौ २०८३, शनिबार | August 29, 2026

डोल्पामा आयोडिनयुक्त नुन अभाव



जाजरकोट । डोल्पामा आयोडिनयुक्त नुन अभाव भएको छ । पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकाले डोल्पामा नुनको अभाव भएको हो ।

हाल सदरमुकाम दुनैबाट प्रतिव्यक्ति पाँच पोका मात्र दिने गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ । सदरमुकामस्थित डिपोमा चार सय ९० क्वीन्टल आयोडिनयुक्त नुन मौज्दात रहेको कार्यालय प्रमुख प्रकास धामीले बताए । उनका अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो । जिल्ला भरका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन पाइने भएपछि प्रतिव्यक्ति मुस्किलले पाँच पोका दिने गरेको प्रमुख धामीले बताए ।

सदरमुकामबाट बाहिर रहेका सबै नुनका डिपो रित्ता भएका छन् । उपल्लो डोल्पाको तिन्जे डिपोमा पाँच वर्षदेखि एक पोका नुन ढुवानी भएको छैन । चिनियाँ नाका भएर उपल्लो डोल्पामा नुन ढुवानी हुने भएपनि त्यहाँ नाका बन्द भएपछि पाँच वर्षदेखि नुन ढुवानी हुन नसकेको धामीले बताए ।

गाउँका डिपोमा नुन नै नभएपछि आफू सदरमुकामस्थित डिपोमा नुन लिन पुग्दा समस्य भोगेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी राजिमान बुढाले बताए । बुढाले भने, “नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या एकातिर छ भने अर्को तीर सदरमुकाम दुनैस्थित साल्ट ट्रेडिङले प्रति परिवार दुई पोकाका दरले नुन बिक्री गर्दै आइरहेको छ । सरकारले सहुलियत दरमा अनुदान दिएको दुई पोका नुन खरिद गर्न दुईदेखि तीन हजार रुपैयाँसम्म खर्च हुने गर्छ ।”

यसरी हेर्दा एक केजी नुनको मूल्य एक हजार रुपैयाँ बराबर पर्ने गर्छ । साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार भनेजति नुन दिएको खण्डमा डोल्पामा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिन परेको हो । यी पाँच वटै बिक्री केन्द्रमा नुनको ढुवानी नभएपछि अभाव भएको हो ।

नुनको कोटा थप गर्न सम्बन्धित निकायसँग माग गरेको साल्ट्र ट्रेडिङ डिपो कार्यालय डोल्पाका प्रमुख धामीले बताए । साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार डोल्पाको नुनको लागि ठेक्का आह्वान भई नुन ढुवानी प्रक्रियामा गएको र दसैँ तिहारपछि मात्रै नुन डोल्पा पुग्ने प्रमुख धामीले जानकारी दिए ।

यता त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले नगरपालिकाभर नुनको अभाव हुन थालेपछि साल्ट ट्रेडिङ जुफाल बिक्री केन्द्रबाट ५० क्वीन्टल नुन ल्याउन लागेको बताए । नगरपालिकामा नुन ल्याएसँगै नगरवासीलाई सहुलियत दरमा अनुदानको नुन बिक्री गर्ने समेत नगर प्रमुख रोकायले जानकारी दिए ।

लिकु, सर्मी, तिज्नेलगायतका डिपोमा एक पोका नुन नभएको कार्यालय प्रमुख धामीले बताए । सदरमुकामदेखि बाहिरका डिपोमा कर्मचारी नभएको अवस्थामा रहेको छ । त्यस्ता सथानमा ठेकेदार आफैले नुन लिएर बिक्री गर्ने काम हुँदै आएको छ ।

 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ९ : ५६ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको