२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘युवाको शीप र श्रम स्वदेशमै बिकाउ, युवालाई स्वदेशमै टिकाउ’ कार्यक्रम ल्याउन युवाको माग



बुटवल । युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न भन्दै लुम्बिनी प्रदेश सरकारले युवा लक्षित युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको सर्वेक्षण सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र प्रदेश युवा परिषदद्धारा बुटवलमा सर्वेक्षण सुरु भएको हो । पछिल्लो समय नेपालबाट बिदेश पलायन हुने युवाहरुको सङ्ख्या निकै बढेको बिषयलाई मध्यनजर गरी युवा शक्ति स्वदेशमै परिचालन गर्न र युवाहरुलाई उद्यममा जोड्ने उद्श्यले लुम्बिनी प्रदेश सरकारले युवा लक्षित युवा स्वरोजगार कार्यक्रम ल्याएको दाबी गरेको छ ।

सर्वेक्षण कार्यक्रममा उद्यममा युवाहरुको अबसर चुनौती र सरकारको आवश्यक समन्वय बिषयमा उद्यमशील युवा र सरोकारवालहरुसँगको छलफलमा सहभागी युवाहरुले सरकार प्रति युवाहरुको कुण्ठै कुण्ठा भएको गुनासो गरे । युवा संरक्षण र परिचलनको लागी सरकारले कुनै पनि पहल नगरेको कार्यक्रममा सहभागी युवा उद्यमीहरुले गुनासो गरे ।

कृषिकै क्षेत्रमा पनि अनुदानको नाममा हुदाँ खाने भन्दा पनि हुने खानेहरुको लागि मात्रै अनुदान पाउने गरेको बताउँदै उनीहरुले दिनरात खेतमै समय बिताउने असल कृषकहरु राज्यमा पहुँच नभएको बताए । उनीहरुले पहुँचको आधारका बितरण हुने अनुदानले झनै भष्ट्रचार भएको बताउँदै सरकारले दिने अनुदान बन्द गर्नुपर्ने युवाहरुले सुझाव दिए । सरकारले किसानको उत्पादन र उत्पादित बस्तुको उचित मूल्य र बजारीकरण गर्ने व्यवस्था मिलाउनु पर्ने उनिहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै पाल्पाका युवा उद्यमी विज्ञान घिमिरेले युवाको सिप र क्षमतालाई सरकारले पहिचान गर्न नसकेको कारण बिदेशीने युवाहरुको सङ्ख्या बढेको बताए ।

पछिल्लो समय बिश्व जगतमा नयाँ नयाँ प्रबिधि भित्रीयसँगै नेपालको युवाहरुले पनि उक्त प्रबिधि प्रयोग गरिरहेको उल्लेख गर्दै उनले किसानले उत्पादनलाई डिजिटल मार्केटिङमा लैजान सरकारको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि योजना आयोग लुम्बिनी प्रदेशका उपाध्यक्ष डा. नहकुल केसीले प्रदेश सरकारले युवा लक्षीत नयाँ कार्यक्रमहरु सरकारले ल्याएको बताए । उनले युवालाई बिदेश पलायन हुन बाट रोक्न र युवा शक्तिलाई स्वदेशमै परिचालन र संरक्षण गर्न युवाहरुको सल्लाह अनुसार अझै थप कार्यक्रम अगाडी सार्ने समेत बताए ।

युवा परिषद् लुम्बिनी प्रदेशका उपाध्यक्ष गोबिन्द बहादुर खत्रीले कार्यक्रम बारे प्रकाश पार्दै युवाहरुलाई टिकाउने र उनिहरुको सीपलाई बिकाउने खाल्का कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताए । उनले युवा श्रमको सम्मान गर्न सरकारलाई आग्रह गरे ।

पर्यटन विकास परिषद्का निर्देशक रामु जोसीले छलफलका क्रममा उठेका प्रश्नहरुको उत्तर दिदैँ देश समृद्ध हुनको लागी युवाहरु मुख्य भुमिका रहेको बताए । युवा उद्यमशिल भएर आर्थीक रुपमा बलियो भए मात्रै देशको अर्थतन्त्र बलियो हुने र समृद्ध राष्ट्रको परिकल्पना साकार हुने उनले बताए । उद्यमको क्षेत्रमा तिनै तहको सरकारले युव सगँ प्रत्यक्ष जोडिएर काम गर्ने र राज्यमा पहुँच हुनेगरी समन्वय गर्ने निर्देशक जोसीले बताए ।

उक्त कार्यक्रममा बिभिन्न उद्यमहरुबाट प्रतिनिधित्व गर्दै ३० जना बढि उद्यमीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १० : ०५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय