२४ श्रावण २०८३, आइतबार | August 9, 2026

लमजुङमा डेंगुबाट संक्रमित बिरामीको संख्या १२६ पुग्यो



लमजुङ। लमजुङमा डेंगु संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यो वर्षमा आइतबारसम्म डेंगु संक्रमितको संख्या १२६ पुगेको छ । चालु आर्थिक वर्षको महिला ७० र पुरुष ६६ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

जिल्लाका ८ पालिका मध्ये बेसीशहर नगरपालिकामा डेंगु संक्रमितको संख्या धेरै रहेको पाइएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार संक्रमित बेसीशहर नगरपालिका ३५ जना, मध्यनेपालमा ३१ रहेका छन भने त्यसपछि सुन्दरबजार नगरपालिकामा ३० जना संक्रिमित रहेका छन् । अन्य सबै पालिकामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेंगु रोकथाम तथा न्युनिकरणका लागि आफ्ना घर वरीपरी पानी जम्ने खाल्डा खुल्डी नराख्न र सरसफाई गर्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख प्रविणकुमार खनालले बताए । यसको जोखिम पानी पर्ने सिजन नसकिदा हुन सक्छ । सामान्यतया आउँदो कात्तिक १५ गतेसम्म रहन सक्छ, त्यस बेलासम्म सबै सचेत रहन आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले भनाई छ ।’

लामखुट्टेबाट बच्नका लागि काम गर्दा पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झुल टाँगेर मात्र सुत्नु पर्छ । एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट हुने यो रोग लाग्दा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुनेजस्ता लक्षण देखापर्दछ ।

नेपालमा डेंगु सङ्क्रमण देखापर्न थालेको १९ वर्ष भयो । सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १ : ४० बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको