१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

नेताहरुले देश बेचेपनि काठमाडौं एक्लै नेपाल भएर बस्ने बालेनको उदघोष



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरुले देश बेचेपनि काठमाडौं एक्लै नेपाल भएर बस्ने उदघोष गरेका छन् । मंगलबार ललितपुर महानगरपालिकामा बसेको फोरमको बैठक बिचैमा छाडेर बाहिरिएका शाहले सामाजिक सञ्जालमार्फत यस्तो उदघोष गरेका हुन् ।

उनले नेताहरुले देश बेच्न खोजिसकेको आरोप लगाउँदै काठमाडौं महानगर भने बिक्रिमा नरहेको जिकीर गरेका छन् । कुनै निजी कम्पनीबाट पैसा खाएर उपत्यका मेयर फोरमको बैठक बोलाइएको उनले गम्भीर आरोप समेत लगाएका छन् ।

१७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेर आफूले कसैको अपमान नगरेको मेयर शाहले दाबी गरेका छन् । उनले भनेका छन्, ‘नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नु भयो तर काठमाडौँ महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देश नै बेच्नु भयो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकमा उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा नेप वेस्ट नामक संस्थालाई दिनेबारे छलफल गर्न खोजिएको थियो । यसबारे कम्पनीलाई नदिने भनेर अघिल्लै बैठकमा निर्णय भइसकेकोमा मंगलबारको बैठकमा किन एजेन्डा राखिएको भन्दै शाहले असन्तुष्टि जनाएका थिए ।

‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होईन ।’ बालेनले लेखेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ०४ बजे

दश महिनामा ६० प्रतिशत बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च

भारतमा आँधीका कारण १४ जनाको मृत्यु

नयाँदिल्ली भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी

कोशीकी जसपा सांसद निर्मला लिम्बूद्वारा अशोक राईको पक्षमा सनाखत

विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा

नीति तथा कार्यक्रम अघि सभामुख र प्रमुख सचेतकहरुबीच छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्यसचेतक र सचेतकहरुसँग

मोदीले गराए वाराणसी लोकसभा सिटबाट उम्मेदवारी दर्ता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका