२३ चैत्र २०८२, सोमबार | April 6, 2026

गयरातीको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति

जाजरकोटको नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिंह सहित ठुलो संख्यामा स्थानीयको मृत्यु



बुटवल । राती ११ः४७ बजे गएको भूकम्पमा परि पश्चिम नेपालको कर्णाली प्रदेशमा ठुलो जनधनको क्षेति भएको छ । भूकम्पमा परि एकजना जनप्रतिनिधि सहित ठुलो संख्यामा स्थानीयको मृत्यु भएको समाचारहरु आइरहेका छन् । भूकम्पका परि गम्भीर घाइते भएकी जाजरकोटको नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिंहको मृत्यु जनाएएको छ ।

जाजरकोटको सदरमुकाम खलंगामा रहेकी सिंह भूकम्पमा भत्केको संरचनामा परि गम्भिर घाईते भएकी थिईन् । उनको उपचारका क्रममा मृत्यु भएको स्थानीय अधिकारीहरुले पुष्टि गरेका छन् ।

पछिल्लो समााचार अनुसार भूकम्पबाट सबैभन्दा बढी रुकुम पश्चिममा क्षति भएको छ । रुकुम पश्चिम्मा मात्रै करिब २८ भन्दा बढिको ज्यान गएको स्थानीय पत्रकार गोपाल उपाध्यायले जनाएका छन् ।

भुकम्पमा परि अहिले सम्म रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रुकुमकै सानीभेरीमा ८ जनाको ज्यान गएको छ।

रूकुमको आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार वडा नम्बर ११ मा सबैभन्दा बढी सात जनाको मृत्यु भएको छ भने वडा नम्बर १२ मा चार जना र वडा नम्बर १३ मा तीन जनाको मृत्यु भएको छ ।

त्यसैगरी जाजरकोटको भेरी नगरपालिकामा ९ जनाको मृत्यु भएको खबर छ। सानीभेरी गाउपालिका अध्यक्ष बिर्ख बहादुर बिष्काट अनुसार सानीभेरीमा ५० भन्दा बढी घर भत्केका छन् भने अधिकांश सडकहरु भत्केका छन् ।

त्यसैगरी भेरी नगरपालिकामा भुकम्पले दर्जनौं घर भत्केका छन् भने अहिले सम्म ९ जनाको मृत्यु भएको छ ।

नगरप्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार जाजरकोट जिल्ला अस्पताल घाइतेहरूले भरिएको छ । सयौंको संख्यामा जिल्ला अस्पतालमा घाइतेहरू छन् । रातको समय भएका कारण उद्धारमा कठिनाई भएको र धेरैको ज्यान गएको हो। राती अवेर सम्म भेरी नगरपालिकाका वडा नम्बर ३ र ४ बाहेक अन्यत्र उद्धार टोली जान नसकेको बताइएको छ ।

चौरजहारी नगरपालिका अन्तर्गत विभिन्न वडाबाट भुकम्पमा परी घाईतेभएका हरुको ईलाका प्रहरी,नगर प्रहरीको टोलीले उद्धारगरी चौरजहारी अस्पतालमा उपचार गराईरहेका छन।गम्भीर घाइतेहरुलाई थप उपचारको लागि ३ वटा एम्बुलेन्स मार्फत सुर्खेत, नेपालगन्ज पठाईएको बताइएको छ ।

जाजरकोटमा यो संख्याको तेब्बर भन्दा बढिको संख्यामा ज्यान गएको अनुमान छ। यस्तो अबस्थामा हामी सङग भएका नाईट भिजन हेलिकप्टरहरु प्रयोगमा ल्याएको भए सायद कतिपयको ज्यान जोगिन सक्ने अबस्था हुन्थ्यो होला । दैबिक बिपद र यसको प्रतिकार्य प्रती सम्बन्धित निकाय गम्भीर बन्नु जरुरी छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ०८ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक