२० मंसिर २०८२, शनिबार | December 6, 2025

भूकम्प : मृतकको संख्या ७३ पुग्यो, मृत्युको संख्या बढ्न सक्ने, १०८ जना घाइते



सुर्खेत । गए राति ११ः४७ गएको भूकम्पमा परी ७३ जनाको मृत्यु भएको र १०८ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ । प्राप्त पछिल्लो विवरण अनुसार ७३ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको हो ।

खबरकुरासँग कुरा गर्दै कर्णाली प्रदेश प्रमुख भीम ढकालले बिहान ६ बजे सम्ममा ७३ जनाको मृत्यु भएको पुष्टि भएको र ११० जना घाइते भएको जानकारी दिए । उनले सबैभन्दा बढी जाजरकोटको भेरीगङ्गामा भएको बताए ।

उद्धारका लागि प्रदेश प्रहरी कार्यालयबाट मध्यराती नै ५६ जनाको प्रहरी टोली पठाइएको र छिमेकी जिल्लाबाट समेत प्रहरी परिचालन गरिएको उनले बताए ।

राती गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा बढी क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ४९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय