१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

ट्राफिक एफएमबाट अपडेट भएर मात्रै आज सवारी चलाउन अनुरोध



काठमाडौं। आज हुने प्रदर्शनका कारण काठमाडौंको ट्राफिक असहज हुने भएको छ ।

जसका कारण काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अर्थात बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

मङ्सिर ७ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेकपा एमाले निकट युवा संघ नेपाल र मेडिकल ब्यावसायी दुर्गा प्रसाईको समुहले र्‍याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौं उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने ट्राफिक कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ।एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ । ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ८ : १५ बजे

तिलोत्तमाको मंगलापुर-कान्छीबजार सडक खण्डको दोस्रो चरणको निर्माण कार्य शुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत दोस्रो

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । संघीय

कांग्रेसको प्रतिक्रिया – नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौं। नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम परम्परागत रहेको

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त