८ माघ २०८२, बिहिबार | January 22, 2026

नारायणगोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई



काठमाडौं नारायणगोपाल सङ्गीत कोषले यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ ‘स्वरकिन्नरी’ तारादेवी र वाङ्मयसेवी गणेश रसिकलाई गर्ने भएको छ ।

कोषका अध्यक्ष उषा शेरचनका अध्यक्षतामा बसेको बैठकले तारादेवीलाई करिब पाँच दशक गीतसङ्गीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीतसङ्गीत र साहित्य क्षेत्रमा करिब छ दशक समर्पित भएबापत सो सम्मान दिन लागिएको हो ।

रेडियो नेपालमा पनि करिब चार दशक सेवारत गायिका तथा सङ्गीतकार तारादेवीको जन्म विसं २००२ माघ २ गते र निधन २०६२ माघ ९ मा भएको हो । उनले राष्ट्रिय, आधुनिक र लोकगीत गरी करिब तीन हजार पाँच सय गीत गाउनाका साथै केही गीतमा सङ्गीत पनि दिएकी थिइन । उनका नाममा पाँच वर्षअघि तारादेवी फाउन्डेसन पनि स्थापना गरिएको छ । बिसका दशकमा लेकाली समूहबाट गायनमा उदाएका रसिकका नेपाली साहित्यका विविध विधामा थुप्रै पुस्तक पनि प्रकाशित छन् ।

यही मङ्सिर १९ गते स्वरसम्राट्को ३३ औँ स्मृति दिवसका दिन सो सम्मान दिइने कोषका महासचिव दीपक केसीले जानकारी दिए । विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ११ : ४३ बजे

दाङको ‘तुई’ उपत्यकामा मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

दाङ । चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका । लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको

नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने तयारी

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा

प्रतिनिधि सभा निर्वाचन २०८२ : मतदान गर्नु अघि केही सवाल

काठमाडौं । जेनजी आन्दोलनको कारण समय अगावै प्रतिनिधि सभाको निर्वाचन

निर्वाचन आचारसंहिताका कारण बुटवलमा हुने कृषि मेला स्थगित

बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा