२० मंसिर २०८२, शनिबार | December 6, 2025

जाजरकोट भूकम्प : चार हजार लाभग्राही थपिए



काठमाडौं । जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या थपिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झन्डै चार हजारभन्दा बढी लाभग्राही थपिएका छन् ।

यसअघि २८ हजार पाँच सय २७ लाभग्राहीको सङ्ख्या रहेकामा अहिले बढेर ३२ हजार पाँच सय एकजना पुगेको प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले जानकारी दिए ।

प्राप्त विवरणअनुसार बझाङमा दुई हजार चार, बाजुरामा दुई हजार पाँच सय ५५ जाजरकोटमा १३ हजार सात सय १८ र रुकुमपश्चिममा १४ हजार दुई सय २४ जना लाभ्रगाही कायम भएका छन् ।

उनले अहिलेसम्म १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको बताए । लाभग्राही प्रमाणित भएकामध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिला किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिए ।

भूकम्पपीडितको राहत व्यवस्थापनको मुख्य जिम्मेवार पालिकाको रहेकाले छिटोभन्दा छिटो वितरण तयार गरेर अस्थायी घर बनाउनुपर्नेमा प्राधिकरणले जोड दिएको छ ।

प्रवक्ता खड्काले लाभग्राही कायम गरेर मन्त्रालयमा आइपुगेकाहरुको हकमा भने विलम्ब नगरी रकम निकासा गरिरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : ५६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय