८ चैत्र २०८२, आइतबार | March 23, 2026

बन्ध्याकरण गर्न महिलालाई पठाउँछन् बाँकेका पुरुष



नेपालगन्ज । बाँकेमा परिवार नियोजन स्थायी बन्ध्याकरण गर्नेमा धेरै महिलालाई नै पठाउने गरिएको छ । स्वास्थ्य कार्यालय, बाँकेले पालिकाहरुमा सञ्चालन गरेको घुम्ती बन्ध्याकरण शिविरमा बन्ध्याकरणको सेवा लिन अधिकांस महिलालाई पठाएको पाइएको हो ।

अहिलेसम्म तीन ठाउँमा गरिएको बन्ध्याकरण शिविरमा ३७ जना महिला र पाँच जना पुरुषले सेवा लिएको स्वास्थ्य कार्यालय, बाँकेका फोकलर्पन देवनारायण उपाध्यायले जानकारी दिए । राप्तीसोनारी अस्पताल, बैजापुरमा १४ जना महिला र एक पुरुष, गंगापुरमा ८ जना महिला र तीन पुरुष, आधारभूत स्वास्थ्य केन्द्र राप्तीसोनारीमा १५ जना महिला र एक जना पुरुषले बन्ध्याकरण गरेका छन् ।

बन्ध्याकरण गरे कमजोर भइने भ्रमका कारण महिलालाई पठाउने प्रचलन अझै कायम रहेको फोकलपर्सन उपाध्यायले बताए । बाँकेमा विगतदेखि मिनिल्याप हुने गरेको तथ्याँक भेटिएको छ । पुरुषले भ्यासेक्टोमी अति नै कम गर्छन् । फोकलपर्सन उपाध्यायका अनुसार पुरुषले बाहिर गएर काम गर्नु पर्छ, अप्रेसन गर्दा कमजोर हुन सक्छ भन्ने मानसिकताका कारण महिलालाई बन्ज्ध्याकरण गर्न पठाइएको हो । महिलालाई भन्दा पुरुषलाई बन्ध्याकरण गर्न सहज हुने र तन्दुरुस्ती पनि पुरुष छिटो हुने फोकलपर्सन उपाध्यायले बताए । पहाडी बस्तीहरुको तुलनामा थारु बस्तीहरुका महिलालाई पठाउने प्रचलन बढी रहेको छ ।

स्वास्थ्य कार्यालयले मंसीर १४ गतेदेखि पुष २ गतेसम्म जिल्लाका आठ पालिकाको दश ठाउँमा बन्ध्याकरण शिविर सञ्चालन रेपनि शिविरमा उत्साहजनक सहभागिता देखिएको छैन । अस्थायी साधनको बढ्दो प्रयोगले पनि बन्ध्याकरण धेरै नभएको आंकलन गरिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले गतवर्ष संचालन गरेको शिविरमा १ सय ६६ जनाले बन्ध्याकरण गराएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ३ : ०७ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय