२२ माघ २०८२, बिहिबार | February 5, 2026

मेयरकप साइकल दौड प्रतियोगिता : एमटीबी पुरुषमा प्रकाश र महिलाको उपाधि रुपालाई



नेपालगन्ज । नेपालगन्जमा सम्पन्न मेयरकप साइकल दौड प्रतियोगिताको उपाधि पुरुष तर्फ बुटवलका प्रकाश थापा र महिला तर्फ बाँकेकी रुपा चौधरीले हात पारेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा आयोजित एमटीबी पुरुषतर्फ १३ जना सहभागी प्रतियोगितामा काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो, उदयपुरका निमा शेर्पा तृतीय भए ।

६ जना सहभागी एमटीबी महिलातर्फ नेपालगन्जकी एसी श्रेष्ठ दोस्रो र बैजनाथकी रिमा थारु तृतीय भइन् ।

त्यस्तै साधारण साइकलतर्फ ८० जना सहभागी भएकोमा राप्ती सोनारीका जुगलाल थारु प्रथम ,राप्ती सोनारीकै रमेशकुमार थारु दोस्रो र डुडुवाका विनोद कुमार यादव तृतीय भए । साधारण साइकल महिलातर्फ बर्दियाकी इन्दिरा थारु प्रथम, राप्ती सोनारीकी मिना कुमारी थारु दोस्रो र राप्ती सोनारीकै समिता थारु तृतीय भए ।

एमटीबी स्पेसलतर्फको विशेष दौडमा नेपालगन्जका लक्ष्मीनारायण शाह प्रथम , राजिव विक्रम शाह दोस्रो र डाक्टर बद्री चापागाईं तृतीय भए ।

विजयी सहभागीहरुलाई नगद तथा बिशेष पुरुस्कार साथै मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

समापन समारोहमा बोल्दै आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने प्रहरी प्रशासन, स्वयंसेवक र सहकार्य गर्ने सस्थाहरुलाई धन्यवाद ज्ञापन गरे । उनले प्रतियोगिता आयोजनाले नेपालगन्जमा साइकल खेल प्रतिको आकर्षण बढ्नुका साथै साइकल खेलाडी उत्पादनमा टेवा पुगेको र आगामी प्रतियोगिता अझै उत्कृष्ट रूपमा आयोजना गरिने बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ४ : ०२ बजे

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु