२० मंसिर २०८२, शनिबार | December 6, 2025

मेयरकप साइकल दौड प्रतियोगिता : एमटीबी पुरुषमा प्रकाश र महिलाको उपाधि रुपालाई



नेपालगन्ज । नेपालगन्जमा सम्पन्न मेयरकप साइकल दौड प्रतियोगिताको उपाधि पुरुष तर्फ बुटवलका प्रकाश थापा र महिला तर्फ बाँकेकी रुपा चौधरीले हात पारेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा आयोजित एमटीबी पुरुषतर्फ १३ जना सहभागी प्रतियोगितामा काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो, उदयपुरका निमा शेर्पा तृतीय भए ।

६ जना सहभागी एमटीबी महिलातर्फ नेपालगन्जकी एसी श्रेष्ठ दोस्रो र बैजनाथकी रिमा थारु तृतीय भइन् ।

त्यस्तै साधारण साइकलतर्फ ८० जना सहभागी भएकोमा राप्ती सोनारीका जुगलाल थारु प्रथम ,राप्ती सोनारीकै रमेशकुमार थारु दोस्रो र डुडुवाका विनोद कुमार यादव तृतीय भए । साधारण साइकल महिलातर्फ बर्दियाकी इन्दिरा थारु प्रथम, राप्ती सोनारीकी मिना कुमारी थारु दोस्रो र राप्ती सोनारीकै समिता थारु तृतीय भए ।

एमटीबी स्पेसलतर्फको विशेष दौडमा नेपालगन्जका लक्ष्मीनारायण शाह प्रथम , राजिव विक्रम शाह दोस्रो र डाक्टर बद्री चापागाईं तृतीय भए ।

विजयी सहभागीहरुलाई नगद तथा बिशेष पुरुस्कार साथै मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

समापन समारोहमा बोल्दै आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने प्रहरी प्रशासन, स्वयंसेवक र सहकार्य गर्ने सस्थाहरुलाई धन्यवाद ज्ञापन गरे । उनले प्रतियोगिता आयोजनाले नेपालगन्जमा साइकल खेल प्रतिको आकर्षण बढ्नुका साथै साइकल खेलाडी उत्पादनमा टेवा पुगेको र आगामी प्रतियोगिता अझै उत्कृष्ट रूपमा आयोजना गरिने बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ४ : ०२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल