२३ चैत्र २०८२, सोमबार | April 6, 2026

उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता



काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।

यही मङ्सिर १८ देखि २० गतेसम्म आयोजित सम्मेलनमा उपप्रधानमन्त्री खड्का नेपाली टोलीको नेतृत्व गर्दैै सम्मेलनमा सहभागी भएका थिए। नेपाली टोलीमा रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका उच्च पदाधिकारीहरुको सहभागिता थियो ।

सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी विविध विषयमा छलफल गर्नुका साथै हालसम्म भएका कामको समीक्षा गर्दै भविष्यका लागि मार्ग तय गर्ने र सदस्य राष्ट्रकोतर्फबाट यस कार्यमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो ।

‘पिस बिगिन्स विथ मि’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा विश्वभरका ९० देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता थियो । सम्मेलनले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनलाई थप प्रभावकारी बनाई विश्वशान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोग अभिवृद्धि गर्न जोड दिनुका साथै सम्मेलनमा व्यक्त गरिएका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनमा जोड दिइएको थियो ।

अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वका लागि नेपालले सन् १९५८ देखि नै संयुक्त राष्ट्र सङ्घका विभिन्न शान्ति मिसनमा नेपाली शान्ति सैनिक खटाउँदै विश्व शान्तिका लागि महत्त्वपूर्ण योगदान दिँदै आएको छ । हाल १६ वटा शान्ति मिसनमा छ हजार दुई सय ७८ नेपाली सैनिक कार्यरत छन् । अहिले नेपाल शान्ति सैनिक खटाउने दोस्रो ठूलो र महिला शान्ति सैनिक खटाउने मुलुकमा पहिलो स्थानमा छ । हालसम्म अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि विभिन्न मिसनमा सेवारत रहँदा ८६ जना नेपाली सैनिकले वीरगति प्राप्त गरेका र ६६ जना घाइते भएका छन् ।

सम्मेलनमा नेपालको उच्चस्तरीय सहभागिताका लागि संयुक्त राष्ट्रसङ्घले विशेष महत्त्व दिँदै सराहना गरेको थियो । सम्मेलनमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको सुधार प्रयासमा नेपाल सधैँ सकारात्मक र प्रतिबद्ध रहेको, महासचिवको ‘एक्सन फर पिसकिपिङ’को कार्यान्वयनमा सदैव तयार रहेको, सर्वसाधारणको सुरक्षाप्रति नेपाल सरकार र नेपाली शान्ति सैनिक सदैव संवेदनशिल रहँदै आएको बताएका थिए ।

साथै नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विना कुनै सर्त विश्वका जुनसुकै द्वन्द्वरत मुलुकमा शान्ति सैनिक खटाउने गरेको उनको भनाइ थियो । नेपाली शान्ति सैनिक अनुशासन एवं कार्यसम्पादनमा अब्बल रहेको बताउँदै उपप्रधानमन्त्री खड्काले यौन शोषण र दुव्र्यवहारप्रति नेपालले शून्य सहनशीलता नीति अवलम्बन गर्दै आएको पनि जानकारी गराउनुभयो । उपप्रधानमन्त्री खड्का यही मङ्सिर १७ गते राति घाना गएका थिए।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ३ : ४६ बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती