३ असार २०८३, बुधबार | June 17, 2026

कोराना भाइरसका कारण गोसाइँकुण्ड मेला स्थगित



काठमाडौं । यो बर्ष गोसाइँकुण्ड मेला स्थगित भएको छ । हरेक बर्ष जनैपूर्णिमामा लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला यो बर्ष कोभिड–१९ को सङ्क्रमण रोक्न  भेला हुन नदिने सरकारको निर्णयपछि स्थगित गरिएको हो ।

सरकारको निर्णयलाई पालना गर्दै यही साउन १५ गते पुत्रदा एकादशीदेखि १९ गते जनैपूर्णिमा पर्वसम्म लाग्ने विशेष धार्मिक मेला स्थगन गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको हो ।

समितिका अध्यक्ष सञ्जीव डिएमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गोसाइँकुण्ड जाने यात्रुका लागि बास बस्न तयार गरिने अस्थायी छाप्रोलगायत सबै प्रकारका काम बन्द गरिएको बताए ।

प्रत्येक वर्ष गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला लाग्ने परम्परा रहिआएको छ ।

कोरोना सङ्क्रमणका कारण गत जेठ महिनाको दशहरा पर्वसमेत प्रभावित बनेको बताउँदै अध्यक्ष डिएमले रोग नियन्त्रण भएपश्चात् समितिको तर्फबाट धार्मिक क्षेत्रमा गर्नुपर्ने सेवा निरन्तररूपमा अगाडि बढ्ने जानकारी दिए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ११ : ०९ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका