२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

नेपालमा आजबाट तीन चारदिन मनसुन सक्रिय, विभिन्न १० जिल्लामा हाइअलर्ट, बाढी पहिरोको सम्भावना



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै नेपालको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ ।

अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा निरन्तर बर्षा भइरहेको छ । अझै केहि घण्टा बर्षा जारी रहने सम्भावना रहेको छ भने आजबाट तीन चारदिन नेपालमा मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ४ बजे तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

त्यस्तै आजै विहान ४ बजे मापन गरिएको तथ्यांक अनुसार पछिल्लो ३ घण्टामा चितवन, धादिङ, तनहूँ, स्याङजा, कास्की, पाल्पा, गुल्मी नवलपरासी, कपिलबस्तु‍, रूपन्देही र आसपासका क्षेत्रमा भारी बर्षा भएकाले ती जिल्लाका साना खोलाहरुमा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज देशभरको मौसममा सामान्य वदली हुनेछ । केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने सम्भावना रहेको छ ।

आज राती देशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ७ : २२ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च

लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११

गगन थापालाई गोपालमान श्रेष्ठको सुझाव – “राजीनामाले पार्टी र देशलाई हित गर्दैन”

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले गगन थापालाई

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको