२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

उन्मुलनको घोषणा गरिएको कुष्ठरोग बाँकेमा तिब्ररुपमा फैलिँदै



नेपालगन्ज । सन २०१० मा नेपालबाट उन्मुलन भईसकेको भनिएको कुष्ठरोग लुम्बिनी प्रदेशको कपिलवस्तु र बाँकेमा भने तिब्ररुपमा फैलिएको छ । उन्मुलनको घोषणा पछि राज्यको अत्यन्तै कम प्रथामिकतामा पर्दा कुष्ठरोगको संक्रमण तीब्ररुपले फैलिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा नयाँ कुष्ठरोगीको संख्या हरेक वर्ष बढ्दो क्रममा रहेको पाईएको छ । कुष्ठरोगको बारेमा लामोसमयदेखि कुनै अनुसंन्धान तथा सचेतनामुलक गतिविधि हुन नसक्दा हरेकवर्ष नयाँ–नयाँ कुष्ठरोेगी थपिदै गएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताईन् । उनलेपछिल्लो समय राज्यको प्राथामिकतामा कुष्ठरोग नपरेको जस्तो भएको बताउँदै अत्यन्तै न्यून कार्यक्रम र बजेट आउने भएकोले पनि संक्रमित थपिदै गएको बताइन् ।

उनका अनुसार चालु आर्थिक वर्षमा बाँकेमा कुष्ठरोगको बारेमा मात्र दुईवटा स–साना कार्यक्रम छुट्टयाईएको छ । कुष्ठरोगको उपचारमा भएको कार्यक्रमको समिक्षा र पहिले देखिनै औषधी सेवन गरिरहेकाहरुको छरछिमेकमा खोजी गर्ने विषयमा बाहेक अन्य शिर्शकमा बजेट नभएको उनले बताइन् ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेलले कुष्ठरोगी नयाँ फेला पर्ने जिल्ला कपिलबस्तु प्रदेशमै पहिलो र बाँके दोस्रो भएको जानकारी दिइन् । प्मुख पौडेलका अनुसार बाँकेमा चालु आर्थिक वर्ष पहिलो ६ महिनामा भेटिएका कुष्ठरोगी ३३ जना रहेको यी मध्ये १४ वर्ष मुनीका १३ जना रहेको छ । अझै पनि समुदायमा लुकेको अवस्थामा रहेको हुनाले अवस्था भयावह रहेको पनि हुन सक्ने उनले औंल्याईन । बाँकेमा नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिका तुलनात्मक रुपमा बढी जोखिममा रहेको उनले बताइन् ।

कुष्ठरोगको क्षेत्रमा क्रियाशिल आईएनएफ साईनिङ्ग अस्पताल छालारोग उपचार केन्द्र बाँकेमा जटिल अवस्थामा पुगेका कुष्ठरोगका विरामीहरुका लागि लक्षित गरी २४ शैयाको अस्पताल सञ्चालनमा ल्याईएको अस्पताल ईन्चार्ज मंगलबहादुर थारुले जानकारी दिए ।

साईनिङ्ग अस्पताल छालारोग उपचार केन्द्रका अनुसार चालु आर्थिक वर्षको छ महिनामा आईएनएफ साईनिङ्ग अस्पतालमा ६० जना नयाँ कुष्ठरोगी पत्ता लाग्दा २९ जना बाँकेको रहेको र आर्थिक वर्ष २०७९–८० को पहिलो ६ महिनामा ५१ जना नयाँ कुष्ठरोगी पत्ता लाग्दा २५ जना बाँकेका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा १५७ जना नयाँ कुष्ठरोगी पत्ता लागेकोमा बाँकेका ६१, यसैगरी आर्थिक वर्ष २०७७÷०७८ मा १६२ जना नयाँ कुष्ठरोगी पत्ता लागेकोमा सबै भन्दा बढी बाँकेकै रहेका छन् ।

अझैपनि कुष्ठरोग प्रति मानिसको धारणा नकारात्मक रहेको बताउँदै अस्पताल ईन्चार्ज थारुले अस्पतालको नाम कुष्ठरोग अस्पताल राख्दा सेवाग्राही अत्यन्तै कम आउन थालेपछि छालारोग उपचार केन्द्र राख्नु परेको बताए । समाजमा कुष्ठरोग कुनै पापको कारणले नभई यो रोग भएको र नियमित उपचार भए निको हुने कुराको सन्देस पुराउन अझै पनि आवश्यक रहेको उनको भनाई छ ।

अस्पतालको ओपिडिमा दैनिक रुपमा ५०÷६० जना विरामी छालाको विभिन्न समस्या लिएर आउने गरेकोमा सरदर २–३ दिनमा एक कुष्ठरोगी पत्ता लाग्ने गरेको साईनिङ्ग अस्पतालका छालारोग विशेषज्ञ डा आरके झाले जानकारी दिए । उनले खुला सीमा तथा कुष्ठरोगबारे गलत बुझाईको कारण समाजमा लुकेर बस्ने हुँदा गाह्रो भएको बताए ।

राज्यले कुष्ठरोगीका लागि आ–आफ्नो पालिकाको स्वास्थ्य संस्थाहरुबाट औषधि निशुल्क पाउने व्यवस्था मिलाएको छ भने कुष्ठरोगको कारण अंगभंग हुने अवस्थामा पुगेका विरामीका लागि साईनिङ्ग अस्पताल २४ वेडको छालारोग उपचार केन्द्रमा भर्ना गरेर सबै उपचार निशुल्क हुँदै अएको छ ।

नयाँ अनुसन्धान, खेजी निदानको योजनामा बजेट नभएका कारण कुष्ठरोग जटिल बन्दै गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । खुला सीमा र समयमा उपचारमा नआउनाको कारण यसको निदानमा समस्या हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा बर्षेनी करिव १६ हजारलाई कुष्ठरोग र छालारोग सम्बन्धित सेवा दिदै आएको छ ।?

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ११ : ३७ बजे

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१

पाल्पामा बलेरो दुर्घटना, १४ जना घाइते

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटनामा परेको छ। नवलपुर अरुणखोलाबाट

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति