२२ भदौ २०८३, सोमबार | September 7, 2026

बुटवलमा आपसी विवादपछि श्रीमतीले गरिन श्रीमानलाइ चक्कु प्रहार



बुटवल । बुटवल उपमहानगरपालिका-११ नहरपुरमा आज विहान एक महिलाले आफ्नै श्रीमानमाथि चक्कु प्रहार गरेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार करिब बिहान ४ बजे आपसी विवाद बढेपछि ३० वर्षीय सुरज गुरुङमाथि चक्कु प्रहार भएको हो ।

श्रीमानमाथि प्रहार गर्ने ३८ वर्षीया पवित्रा गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । चक्कु प्रहारबाट घाइते भएका सुरजको टाउको र घाँटीमा चोट लागेका छन् । प्रारम्भिक उपचारपछि लुम्बिनी प्रादेशिक अस्पतालले उनलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी इन्द्र रानाले जानकारी दिए ।

चिकित्सकका अनुसार सुरजको अवस्था अहिले खतरामुक्त रहेको छ । श्रीमतीले घरायसी कुरामा विवाद हुँदा चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी रानाले बताए । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको रानाले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १० : ४६ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा